आजको मौसम : पहाडी र हिमाली भेगमा भारी वर्षाको सम्भावना
विदुर खबर
२०८२ असार २३ गते ७:४०
नुवाकोट । देशभर हाल मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ भने भारतको पश्चिम बंगाल नजिक बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव पनि देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा र अन्य प्रदेशका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षासँगै हिमपात पनि हुन सक्छ। महाशाखाले वर्षाका कारण बाढी, पहिरो, भूक्षय तथा डुबानको जोखिम बढ्न सक्ने बताउँदै नागरिकलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
यसले जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, यातायात र निर्माण कार्यमा प्रभाव पार्न सक्नेछ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












आज हरि बोधिनी एकादशी : घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
विद्यार्थीहरूलाई पोसाक वितरण
चितवनमा बस दुर्घटना, ३३ जना घाइते
युवा चेतना, अस्थिरता र भविष्यको बाटो





प्रतिक्रिया