नुवाकोटमा अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाइयो

नुवाकोट । हरेक वर्षको जुन २३ मा पर्ने अन्तर्राष्ट्रिय एकल महिला दिवस नुवाकोटमा पनि मनाइएको छ ।

१५ औ अन्तराष्ट्रिय एकल महिला दिवसको अवसर पारेर विदुर नगरपालिकाका ४ जना जेष्ठ नागरिक एक महिलाहरुलाई सम्मान गरिएको छ । एकल महिला नुवाकोटको आयोजना तथा विदुर नगरपालिकाको सहयोगमा उनीहरुलाई सम्मान गरिएको हो ।
सम्मानित हुने एकल जेष्ठ नागरिकहरुमा विदुर ४ की ८९ वर्षिय जगतकुमारी खड्का, वडा नम्बर ६ की ओमकुमारी पराजुली, विदुर ४ कै ८२ वर्षिय भुवनेश्वरी ओझा र वडा नम्बर ४ कै ७८ वर्षिय ढुङ्गेल रहेका छन् ।
उनीहरुलाई मानव अधिकारका लागि महिला, एकल महिला समूह बागमती प्रदेशका अध्यक्ष देबकी पौडेल, र नुवाकोटकी अध्यक्ष गंगा बोगटीले दोसल्ला र सम्मानपत्रबाट सम्मान गरेका हुन् ।
दिवसकै अवसर पारे नगरपालिकाभित्र रहेका एकल महिलाहरुलाई महिला अधिकार र एकल महिला सुरक्षा कोष सम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत आयोजना गरिएको छ ।

सन् २०१० मा संयुक्त राष्ट्र संघले जुन २३ लाई अन्तर्राष्ट्रिय एकल महिला दिवसका रुपमा पारित गरेपछि विश्वभर यो दिवस मनाउन थालिएको हो । हरेक स्थानीय तहमा महिला सुरक्षा कोष गठनका लागि जिल्लाका स्थानीय तहलाई आग्रह गर्ने निर्णय गरिएको बागमती प्रदेशका अध्यक्ष देबकी पौडेलले जानकारी दिइन् ।
एकल महिला सुरक्षा कोष (सञ्चालन) नियमावली, २०७० मा उल्लेख भएअनुसार एकल महिला भन्नाले आर्थिक दृष्टिले विपन्न सम्बन्धविच्छेद गरेकी महिला, विधवा, ३५ वर्ष उमेर पूरा गरेकी अविवाहित महिला, पाँच वर्षभन्दा बढी समयदेखि पति हराई वा बेपत्ता भएकी महिला, अंशबन्डा गरी वा मानो छुट्टिई पतिसँग अलग बसेकी महिलालाई बुझाउँछ । सरकारले एकल महिला लक्षित थुप्रै सकारात्मक कार्य गरे पनि कार्यान्वयनको अभावका कारण एकल महिला अधिकार सम्पन्न बन्न नसकेको एकल महिला अधिकारकर्मीहरू बताउँछन् ।

‘मानव अधिकारका लागि महिलाः एकल महिला समूह’ नुवाकोटकी अध्यक्ष गंगा बोगटीले राज्यले एकल महिलाको अधिकार सुनिश्चित कागजमा मात्रै गरेको बताउँछिन् । उनका अनुसार एकल महिलाको अवस्थाबारे गरेको अध्ययनपत्रको निष्कर्षमा एकल महिलाको मानव अधिकार खोसिँदै गएको उल्लेख छ ।
पछिल्लो तथ्याङ अनुसार नुवाकोटमा झण्डै १२ हजार एकल(विधवा) महिलाहरुको तथ्याकंं छ । सरकारले अहिले सम्म पनि एकल महिलाका लागि कुनै पनि स्थानमा कोटाको व्यवस्था नभएको एकल महिलाहरुले गुनासो गरेका थिए ।

कार्यक्रममा सामाजिक अभियान्ता राजकुमार आचार्यले एकल महिलाहरुको समग्र विकास, आर्थिक शसक्तिकरण, सम्मानित जिवनका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया