नुवाकोटमा फरार अभियुक्त १७ वर्षपछि पक्राउ

नुवाकोट । जीउ मास्ने बेच्ने मुद्दामा अदालतले दोषी ठहर गरेको फैसला गरिएका नुवाकोटका एक जना अभियुक्तलाई १७ वर्षपछि पक्राउ गरिएको छ ।

कैद भुक्तानका लागि कारागार चलान गरिएको छ । पुनरावेदन अदालत इलामबाट जीउ मास्ने बेच्ने मुद्दामा गत २०६५ साल माघ १३ गते ३ वर्ष ८ महिना ४ दिन कैद भुक्तान गर्नु पर्ने फैसला भई फरार रहेका दुप्चेश्वरका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।
नुवाकोटको साबिक घ्याङ फेदी गाविस ५ हाल परिवर्तित दुप्चेश्वर गाउँपालिका १ घ्याङ फेदीका ५३ वर्षीय दावा तामाङलाई १७ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
प्रहरी चौकी समुन्द्र टारबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले खोजतलास गर्दै जाँदा उनकै घरबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक विक्रम लामाले बताए ।
उनका अनुसार पक्राउ परेका दावा तामाङलाई आवश्यक कारवाहीको लागि सोमवार नुवाकोट जिल्ला अदालतमा बुझाइएकोमा अदालतको आदेशले उनलाई कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय खम्पा क्याप नुवाकोट चलान गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया