घाँटीमा मासु अड्किएर वृद्धको मृत्यु
विदुर खबर
२०८२ जेठ ३१ गते १९:३०
नुवाकोट । धनकुटाको महालक्ष्मी नगरपालिकाका एक वृद्धको घाँटीमा मासु अड्किएर मृत्यु भएको छ ।

मृत्यु हुनेमा महालक्ष्मी नगरपालिका–९, मूर्तिढुङ्गाका ७८ वर्षीय प्रेम बहादुर लिम्बू रहेका छन् । उनलाई गत जेठ २१ गते राति सुँगुरको मासु खाने क्रममा घाँटीमा मासु अड्किएको थियो ।
गम्भीर अवस्था भएपछि लिम्बूलाई उपचारका लागि विराटनगरस्थित बिराट टिचिङ अस्पताल लगिएको थियो । उपचारको क्रममा गएराति उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
घटनासम्बन्धी पोष्टमार्टम लगायत अन्य कानूनी प्रक्रिया तथा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र
नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ
चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार
निर्वाचनअघि सुरक्षाकर्मीलाई राजीनामा दिन र बिदामा बस्न रोक
किशोरीलाई आइतबारदेखि एचपीभी खोप लगाइने





प्रतिक्रिया