पपकर्नदेखि चिनीसम्मः यी हुन् क्यान्सर निम्त्याउने खानेकुरा
धेरै मानिसहरुलाई लाग्छ, क्यान्सर केवल रक्सी, चुरोट र सुर्तिले मात्रै लाग्छ । यी चिजहरुको सेवन नगर्ने व्यक्तिहरुलाई क्यान्सरले छुनै नसक्ने भ्रममा उनीहरु छन् ।
तर, यो सत्य होइन । यी तीन चिजका अलावा पनि थुप्रै यस्ता खानेकुराहरु छन् जसको नियमित सेवनले क्यान्सरलाई निम्तो दिन सक्छ । यहाँ हामी यस्तै खानेकुरारुबारे चर्चा गर्दैछौं ।
पपकर्न
भुटेको मकै मन नपराउने को होलान् ? धेरै मानिसहरु आगोमा आफैंले भुटेर मकै खान्छन् । तर, आजकाल पपकर्नका नाममा प्याकेटमा बन्द गरिएका मकै बजारमा उपलब्ध छन् । त्यसलाई केही मिनेट माइक्रोवेवमा राखेर तात्तातै खान सकिन्छ । तर यो प्याकेटमा आउने पपकर्न फोक्सोको क्यान्सरको कारण बन्न सक्छ । माइक्रोवेबमा जब यो प्याकेट तातो हुन्छ, यसले कैयन प्रकारका केमिकल्सहरु छोड्छ, जसले प्याकेटभित्र हुने तेल वा मख्खन वा पपकर्नमा मिलेर फोक्सोलाई कमजोर बनाउँछ ।
डिब्बाबन्द खाना
आजकाल समय बचाउने चक्करमा मानिसहरु ताजा फल र तरकारीको ठाउँमा डिब्बावाला खानातर्फ आकषिर्त भइरहेका छन् । धेरै प्रकारका प्याक्ड फुड्स बजारमा पाइन्छन् जुन केवल २ मिनेटमा तयार हुन्छन् । तपाईंको जानकारीका लागि, स्टील वा प्लास्टिकको डिब्बामा बिस्फेनाल भन्ने पदार्थ रहेको हुन्छ जुन पछि क्यान्सरको कारण बन्न सक्छ ।
प्रशोधित चिनी
क्यान्सरको सबैभन्दा ठूलो कारण हो प्रशोधित चिनी । यदि तपाईंलाई ब्राउन सुगर स्वास्थ्यका लागि फाइदाजनक हुन्छ भन्ने लाग्छ भने त्यो गलत हो । किनकि यसमा रंग र स्वाद मिसाइएको हुन्छ जसले गर्दा यो झनै खतरनाक हुन्छ । रिफाइन्ड सुगरले क्यान्सरको कोषहरुलाई पाल्ने काम गर्छ । त्यसैले चिनीको साटो महको सेवन गर्न र कम गुलियो खान सुझाव दिइन्छ ।
कार्बोनेटेड ड्रिंक्स
जति पनि बोतलमा भरिएका पेयपदार्थ तपाईं पिउनुहुन्छ, ती सबैमा कार्बोहाइड्रेट हुन्छन् । यो ग्यासले बनेको फिँज हेर्दा निकै राम्रो देखिन्छ तर तपाईंको स्वास्थ्यका लागि फाइदाजनक हुँदैन । यसमा हुने कमिकल्स र कलर्सले यसलाई अझै खतरनाक बनाएको हुन्छ ।
बनश्पती तेल
धेरै मानिसहरु सोच्छन् कि वनश्पती तेल स्वास्थ्यका लागि निकै राम्रो हुन्छ । तर, यो पनि गलत धारणा हो । यो तेल थुप्रै रसायनहरुले भरिपूर्ण हुन्छ । यसलाई रसायनिक प्रक्रियाबाट प्रशोधित गरिएको हुन्छ । यसले गर्दा तेलको वास्ना र स्वाद बदलिन्छ ।
डाइट फुड
आफ्नो स्वास्थ्यमा सचेत व्यक्तिहरु खानेपिउने सामानहरुमा ‘डाइट’ शब्द देखेर आकषिर्त हुन्छन् । यही कराणले आजकाल बजारमा डाइट डि्रंक्स र डाइट फुड्सहरु आएका छन् । यिनीहरुको आवश्यकताभन्दा बढि सेवनल पनि क्यान्सरका कोषलाई बढाउन सक्छन् ।
फ्राइड फुड
खानाभन्दा बढि आजकाल मानिसहरु फ्राइड फुड खान्छन् । अलिअलि भोक लागेको बेलामा फ्राइड फुडले नै काम चलाउँछन् । यस्ता खानेकुराहरु खानलाई स्वादिष्ट त हुन्छन्, तर यिनीहरुमा रहेका विभिन्न तत्व अन्ततः क्यान्सरका कारक पनि बन्न सक्छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं
डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोल बढेन





प्रतिक्रिया