पपकर्नदेखि चिनीसम्मः यी हुन् क्यान्सर निम्त्याउने खानेकुरा

विदुर खबर २०७४ फागुन १४ गते १२:१४

धेरै मानिसहरुलाई लाग्छ, क्यान्सर केवल रक्सी, चुरोट र सुर्तिले मात्रै लाग्छ । यी चिजहरुको सेवन नगर्ने व्यक्तिहरुलाई क्यान्सरले छुनै नसक्ने भ्रममा उनीहरु छन् ।

Advertisement

तर, यो सत्य होइन । यी तीन चिजका अलावा पनि थुप्रै यस्ता खानेकुराहरु छन् जसको नियमित सेवनले क्यान्सरलाई निम्तो दिन सक्छ । यहाँ हामी यस्तै खानेकुरारुबारे चर्चा गर्दैछौं ।

पपकर्न

Advertisement

भुटेको मकै मन नपराउने को होलान् ? धेरै मानिसहरु आगोमा आफैंले भुटेर मकै खान्छन् । तर, आजकाल पपकर्नका नाममा प्याकेटमा बन्द गरिएका मकै बजारमा उपलब्ध छन् । त्यसलाई केही मिनेट माइक्रोवेवमा राखेर तात्तातै खान सकिन्छ । तर यो प्याकेटमा आउने पपकर्न फोक्सोको क्यान्सरको कारण बन्न सक्छ । माइक्रोवेबमा जब यो प्याकेट तातो हुन्छ, यसले कैयन प्रकारका केमिकल्सहरु छोड्छ, जसले प्याकेटभित्र हुने तेल वा मख्खन वा पपकर्नमा मिलेर फोक्सोलाई कमजोर बनाउँछ ।

डिब्बाबन्द खाना

Advertisement

आजकाल समय बचाउने चक्करमा मानिसहरु ताजा फल र तरकारीको ठाउँमा डिब्बावाला खानातर्फ आकषिर्त भइरहेका छन् । धेरै प्रकारका प्याक्ड फुड्स बजारमा पाइन्छन् जुन केवल २ मिनेटमा तयार हुन्छन् । तपाईंको जानकारीका लागि, स्टील वा प्लास्टिकको डिब्बामा बिस्फेनाल भन्ने पदार्थ रहेको हुन्छ जुन पछि क्यान्सरको कारण बन्न सक्छ ।

प्रशोधित चिनी

क्यान्सरको सबैभन्दा ठूलो कारण हो प्रशोधित चिनी । यदि तपाईंलाई ब्राउन सुगर स्वास्थ्यका लागि फाइदाजनक हुन्छ भन्ने लाग्छ भने त्यो गलत हो । किनकि यसमा रंग र स्वाद मिसाइएको हुन्छ जसले गर्दा यो झनै खतरनाक हुन्छ । रिफाइन्ड सुगरले क्यान्सरको कोषहरुलाई पाल्ने काम गर्छ । त्यसैले चिनीको साटो महको सेवन गर्न र कम गुलियो खान सुझाव दिइन्छ ।

कार्बोनेटेड ड्रिंक्स

जति पनि बोतलमा भरिएका पेयपदार्थ तपाईं पिउनुहुन्छ, ती सबैमा कार्बोहाइड्रेट हुन्छन् । यो ग्यासले बनेको फिँज हेर्दा निकै राम्रो देखिन्छ तर तपाईंको स्वास्थ्यका लागि फाइदाजनक हुँदैन । यसमा हुने कमिकल्स र कलर्सले यसलाई अझै खतरनाक बनाएको हुन्छ ।

बनश्पती तेल

धेरै मानिसहरु सोच्छन् कि वनश्पती तेल स्वास्थ्यका लागि निकै राम्रो हुन्छ । तर, यो पनि गलत धारणा हो । यो तेल थुप्रै रसायनहरुले भरिपूर्ण हुन्छ । यसलाई रसायनिक प्रक्रियाबाट प्रशोधित गरिएको हुन्छ । यसले गर्दा तेलको वास्ना र स्वाद बदलिन्छ ।

डाइट फुड

आफ्नो स्वास्थ्यमा सचेत व्यक्तिहरु खानेपिउने सामानहरुमा ‘डाइट’ शब्द देखेर आकषिर्त हुन्छन् । यही कराणले आजकाल बजारमा डाइट डि्रंक्स र डाइट फुड्सहरु आएका छन् । यिनीहरुको आवश्यकताभन्दा बढि सेवनल पनि क्यान्सरका कोषलाई बढाउन सक्छन् ।

फ्राइड फुड

खानाभन्दा बढि आजकाल मानिसहरु फ्राइड फुड खान्छन् । अलिअलि भोक लागेको बेलामा फ्राइड फुडले नै काम चलाउँछन् । यस्ता खानेकुराहरु खानलाई स्वादिष्ट त हुन्छन्, तर यिनीहरुमा रहेका विभिन्न तत्व अन्ततः क्यान्सरका कारक पनि बन्न सक्छन् ।

प्रतिक्रिया