राजावादीको अनिश्चितकालीन आन्दोलन शुरु
नुवाकोट । राजतन्त्र फर्काउने उद्देश्यका साथ बिहीबार राजधानीमा प्रदर्शन गरेका राजावादी समूहले अनिश्चितकालीन आन्दोलन शुरु भएको बताएको छ ।

शान्तिबाटिका क्षेत्रमा सम्पन्न भएको पहिलो दिनको शक्ति प्रदर्शनमा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीसहित विभिन्न राजावादी दल र संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
छाता र राष्ट्रिय झण्डासहित सडकमा आएका राजावादीहरुले राजतन्त्रको पक्षमा नाराबाजी गरेका थिए ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजतन्त्र र हिन्दुराज्य पुनस्र्थापनाको मागसहित शुरु भएको आन्दोलनको पहिलो दिन नै एउटा जनमत संग्रह भएको दाबी गर्नुभयो ।
प्रदर्शनलाई सम्बोधन गर्ने क्रममा उहाँले गणतन्त्र नढालेसम्म आन्दोलन नरोकिने जिकिर गर्दै भन्नुभयो– ‘यो आन्दोलन कुनै पार्टीको मात्र होइन, यो आन्दोलन नेपालका लागि नेपाली जनताले गरेको पहिलो आन्दोलन हो ।’यसैबीच प्रदर्शनमा घुसपैठ भएको आरोपमा शान्तिवाटिका क्षेत्रबाट ५ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पर्वत घर भएका धनश्याम न्यौपाने, कैलालीका शिवराज जैसी, नुवाकोटका आशिष लामा, डोटीका पारस राणा र एक जना भारतीय नागरिक बृजमोहन राय रहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मलाई निर्वाचन लड्न कसैले रोक्न सक्दैन : डा.केसी
नुवाकोट १ डा. महतको नाम सर्वसम्मत सिफारिस
रवि –छविको सहकारी ठगी मुद्दा फेरि स्थगित
नुवाकोटको सूर्यकुण्ड हाइड्रोले सेयर निष्कासन गर्दै 





प्रतिक्रिया