नुवाकोटका अर्याललाई बागमती प्रदेश युवा पत्रकारिता पुरस्कार

नुवाकोट । गणतन्त्र दिवस, २०८२ को अवसरमा बागमती प्रदेश सरकारले जनआन्दोलनका घाइते समेत रहेका पत्रकार रामचन्द्र अर्याललाई प्रदेश युवा पत्रकारिता पुरस्कारबाट सम्मान गरेको छ ।

हिमालय टेलिभिजनमा रिपोर्टिङ संयोजक र उक्त टेलिभिजनको कार्यक्रम फेसटुफेसका सञ्चालक समेत रहेका अर्याललाई हेटौंडामा आयोजना भएको गणतन्त्र दिवस समारोहमा नगद २५ हजारसहित सम्मान गरिएको हो ।
प्रदेश प्रमुख दिपक प्रसाद देवकोटा, मुख्यमन्त्री बहादुरसिह लामा, आन्तरिक मामिलामन्त्री सुरजचन्द्र लामीछानेले अर्याललाई सम्मन गरेका हुन ।
सम्मानपछि पत्रकार अर्यालले संघीय लोकतान्त्रिक गणतन्त्रलई संस्थागत र बलियो बनाउन पत्रकारिता मार्फत् थप भूमिका खेल्न प्रेरित गरेको बताए ।
२०६२/०६३ को जनआन्दोलनका घाइते समेत रहेका पत्रकार अर्याल २०६५ देखि निरन्तर पत्रकारीतामा छन् । आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरेका अर्याल ७ वर्षदेखि हिमालय टेलिभिजनमा कार्यरत छन् । माउण्टेन टेलिभिजनमा करिब ८ वर्ष काम गरेका अर्यालले विभिन्न पत्रपत्रिका र अनलाइनमा समेत काम गरेका छन् ।
नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिका महासचिव अर्यालले यस अघि पनि विभिन्न सम्मान र पुरस्कार पाएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया