हाम्रो विकास बैंकको आइतबार एजीएम, ज्योतिमा विलय हुने प्रमुख एजेन्डा
विदुर खबर
२०७५ कार्तिक ८ गते १४:३८


आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदनमा पनि छलफल गरिने एजेन्डा छ । २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । ज्योतिसँग एक्वायर प्रकृयामामा रहेको हाम्रो विकास बैंकको गत असार ३२ गतेदेखि सेयर कारोबार रोक्का छ ।
बैंकले कारोबार भई नामसारी हुन बाँकी सेयरधनीलाई असोज २५ गतेसम्म आवश्यक कागजात पेश गरेमा लाभांश पाउन सक्ने जनाएको छ । हाल यस बैंकको चुक्ता पुँजी ४९ करोड २२ लाख रुपैयाँ रहेको छ । बोनसपछि बैंकको चुक्ता पुँजी ५० करोड ४० लाख ५२ हजार ७३६ रुपैयाँ पुग्नेछ । ज्योति विकास बैंकको यसअघि सम्पन्न साधारण सभाले हाम्रो विकास बैंकलाई एक्वायर गर्ने प्रस्ताव पारित गरिसकेको छ ।
सम्बन्धित
प्रतिक्रिया