भिरबाट लडेर कांग्रेस उप-सभापतिको मृत्यु
नुवाकोट । नेपाली कांग्रेस अछामको ढकारी गाउँपालिका कार्यसमितिका उपसभापति पदमबहादुर बुढाको भिरबाट लडेर मृत्यु भएको छ।

सेती नदी किनारको तुरे भन्ने ठाउँमा उनको मृत्यु भएको हो। बुधबार तुरेस्थित खेतमा धानको बिउ राख्न गएका बुढा सेती नदीमा बगेको डुंगा बचाउने क्रममा भिरबाट खसेका थिए।
नदी किनारमा रहेको डुंगामा कपडा राखेर धानको बिउमा प्रयोग गरिने घाँसको पाला काट्न भिरमा गएका उनी नदीले डुंगा बगाएको देखेपछि डुंगा नियन्त्रणमा लिन दगुरेर तल झर्ने क्रममा भिरबाट खसेको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदले बताए ।
उनका अनुसार अन्दाजी ४६ वर्षीय मृतक बुढा लामो समयसम्म पनि सम्पर्कमा नआएपछि खोजी गर्ने क्रममा स्थानीयले शव भेटाएका थिए। ढकारी– ४, बलाताका उनी कांग्रेस गाउँपालिका कार्यसमितिका उपसभापति हुन्।
अछाम र डोटीको सिमानामा रहेको सेती नदी किनारमा बलाताका स्थानीयका खेतबारी तथा गोठहरू छन् । जहाँ हरेक वर्ष यो सिजनमा खनजोतको चटारो चल्ने गरेको छ ।
उनको शव सेती किनारबाट बलातास्थित घरमा ल्याएको र शुक्रबार दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














रसुवाको टिमुरेबाट बहुविवाह मुद्दाका फरार थुनुवा पक्राउ
नाबालिकाको चरित्र हत्या गर्ने नुवाकोटका युवक पक्राउ
देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल
बागमतीमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्रीले लिए शपथ





प्रतिक्रिया