माइक्रोबस चोरी गर्ने एक जना पक्राउ
विदुर खबर
२०८२ जेठ २ गते ८:५०
नुवाकोट । काठमाडौँको बनस्थलीस्थित विश्वकर्मा बाबा वर्कशप तथा चार्जिङ सेन्टरमा राखेको माइक्रोबस चोरी भएको छ । चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्याङ्जाको बिरुवा गाउँपालिका–१ घर भइ बनस्थली बस्ने १९ वर्षीय सुदीप थापा छन् । उनलाई जिल्ला प्रहरी कार्यालय धादिङको सहयोगमा धादिङबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।
२९ चैतमा साढे ४ बजेतिर बनस्थलीको विश्वकर्मा बाबा वर्कशप तथा चार्जिङ सेन्टरमा राखेको बागमती प्रदेश ०१–००२ ज ६७६६ नम्बरको मोइक्रोबस उनले चोरी गरेको प्रहरीले बताएको छ।
पक्राउ परेका थापाविरुद्ध चोरी कसुरमा अदालतबाट ४ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














रसुवाको टिमुरेबाट बहुविवाह मुद्दाका फरार थुनुवा पक्राउ
नाबालिकाको चरित्र हत्या गर्ने नुवाकोटका युवक पक्राउ
देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल
बागमतीमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्रीले लिए शपथ





प्रतिक्रिया