बङ्गलादेशमा चट्याङ लागेर १४ जनाको मृत्यु
विदुर खबर
२०८२ वैशाख २९ गते २१:०८
नुवाकोट । आइतबार बङ्गलादेशका विभिन्न क्षेत्रमा आएको आँधी र चट्याङका कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

स्थानीय स्रोतका अनुसार आइतबार दिउँसो आएको आँधीका बेला अधिकांश पीडितहरू खेतमा काम गरिरहेका थिए । ढाकाबाट करिब १२२ किलोमिटर उत्तरमा रहेको मिमेन्सिंह जिल्लामा रुख ढलेर दुई जनाको मृत्यु भएको जनाइएको छ ।
ब्राह्मणबाडिया जिल्लामा पाँच जना, किशोरगङ्ज जिल्लामा चार जना र शेरपुर, हबिगञ्ज तथा नाओगाँ जिल्लामा एक–एक जनाको मृत्यु भएको छ ।
ढाकास्थित एक सरकारी अधिकारीले मृत्युको यकिन सङ्ख्याको तत्काल पुष्टि गर्न सकेनन् ।
यस वर्षको अप्रिल २४ मा पनि दुई घण्टाभित्र नौ जनाको चट्याङका कारण मृत्यु भएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु
विदुर ५ नुवाकाेटकाे पहिलो प्लाष्टिक मुक्त वडा घोषणा
कांग्रेसभित्र बृहत्तर एकता नभए पुनरुत्थान कठिन छ : डा. महत
एमसीसीका २ सबस्टेसन र २९७ किलोमिटर प्रसारण लाइन निर्माण सुरु
बट्टार क्याम्पसमा छात्रवृत्ती वितरण तथा सातकोठे कक्षाकोठा भवनको सिलान्यास सम्पन्न





प्रतिक्रिया