माझिटारको घाटुजात्रा चण्डी पूर्णिमाको दिन मनाइने

विदुर खबर २०८२ वैशाख २८ गते १२:३४

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ को माझिटारको रक्तकाली मन्दिरमा विगत लामो समयदेखि हुँदै आएको घाटुजात्रा यस वर्ष चण्डी पूर्णिमाको दिन मनाइने भएको छ ।

Advertisement

यस वर्ष वैशाख २९ गते बेलुका चण्डी पुजा र ३० गते दिउँसो घाटुजात्रा हुने जात्रा व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्र अर्यालले जानकारी दिए ।

जात्राको लागि विदुर नगरपालिकाको आर्थिक सहयोगमा रक्तकाली मन्दिरको स्तरोन्नती र सजावट शुरु भइसकेको छ । साथै घाटु नाँचको लागि अभ्यास शुरु भइसकेको विदुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष लिलानाथ न्यौपानेले जानकारी दिए ।
मेलाको लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ ।

Advertisement

मेला संचालनको लागि विभिन्न कार्यालय, संस्था र व्यक्तिहरुसँग आर्थिक संकलन गरिएको जात्रा व्यवस्थापन समितिका अध्यक्ष अर्यालले बताए ।

पछिल्लो समय घाटुनाँच लोप हुँदै गएपछि नुवाकोटमा यसको संरक्षणको लागि युवाहरु जुट्न थालेका छन् ।

Advertisement

प्रतिक्रिया