मेरो माइक्रोफाइनान्सको बित्तीय साक्षरता कार्यक्रम सम्पन्न

विदुर खबर २०८२ वैशाख २८ गते ७:०५

नुवाकोट । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि.ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय बट्टार नुवाकोट मार्फत आफ्ना सदस्यहरुलाई वित्तीय साक्षरता तथा वार्षिक केन्द्र प्रमुख गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ ।

Advertisement

संस्थाका अनुगमन कार्यालय बट्टार नुवाकोटका प्रमुख रबिन्द्र प्रसाद कंडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिदुर नगरपालिका वडा न. २ का वडाध्यक्ष दिपक कायस्थले संस्थाले नुवाकोटमा पुर्याएको वित्तीय चेतना मात्र नभै आर्थिक रुपमा महिला दिदीबहिनीहरुलाई सक्षम बनाउन सफल रहेको बताए ।

त्यस्तै बिदुर ४ का वडाध्यक्ष निलम बाबु ढुङ्गेलले समाजमा महिला सशक्तीकरण मार्फत आर्थिक उपार्जनमा सघाउ पुर्याएको बताए ।

Advertisement

कार्यक्रममा वार्षिक केन्द्र मुल्यांकनको आधारमा प्रथम, दोश्रो , तेस्रो र सान्त्वना हुनेलाई प्रसंशा पत्र सहित नगद पुरस्कार वितरण गरिएको थियो । 

प्रतिक्रिया