भारतसँग बदला लिने पाकिस्तानी प्रधानमन्त्रीको भनाई
विदुर खबर
२०८२ वैशाख २५ गते १०:१७
नुवाकोट । पाकिस्तानले भारतले गरेको मंगलबार रातिको आक्रमणको बदला लिने घोषणा गरेको छ ।
पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले बुधबार त्यहाँको संसदलाई सम्बोधन गदै भारतले आफ्नो मुलुकमा गरेको हवाई आक्रमणको बदला लिने उदघोष गरेका छन् ।
उनले भनेका छन्, ‘हामी ठाउँ र समय छनोट गरेपछि आक्रमण गर्नेछौँ ।’
भारतले गरेको आक्रमणलाई उनले कायरतापूर्ण पनि भनेका छन् । अप्रिल २२ मा भारतको पहलगाममा भएको आक्रमणमा पाकिस्तानको कुनै सम्बन्ध नरहेको उनले फेरि दाबी गरे ।
उनले भारतको कारबाहीमा पाकिस्तानले जित हासिल गरेको पनि जिकिर गरे । यस आक्रमणको जवाफमा पाकिस्तानले कारबाही गर्दा ५ वटा भारतीय लडाकु विमान खसालेको उनले दावी गरे ।
Advertisement
यी पाँच विमानहरूमध्ये ३ वटा राफेल विमान रहेको उनको दाबी छ ।

सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













एक करोड रुपैयाँ संकलन गर्दै महायज्ञ सम्पन्न
वामदेव गौतम नेतृत्वको पार्टी खारेज
न्युजिल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने युवक पक्राउ
बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त





प्रतिक्रिया