काठमाडौंमा स्रोत नखुलेको ९५ लाखसहित चार जना पक्राउ
नुवाकोट । काठमाडौंको पिंगलास्थानस्थित पशुपति भिजन अगाडिको सडकबाट स्रोत नखुलेको ठूलो रकमसहित चार जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी एसपी अपीलराज बोहराका अनुसार, दुई वटा मोटरसाइकलमा सवार ४ जनालाई शंकास्पद अवस्थामा देखेपछि प्रहरीले जाँच गर्दा उनीहरूका साथबाट ९५ लाख १७ हजार ५ सय रुपैयाँ नगद फेला परेको हो।
पक्राउ परेका व्यक्तिहरूमा काठमाडौं तार्केश्वर नगरपालिका–३ फेदी घर भएका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरीको सप्तकोशी नगरपालिका–१ का ४३ वर्षीय गणेश राई, लमजुङ दोदी गाउँपालिका–३ का ३१ वर्षीय सन्तोष गुरुङ, र सोही गाउँपालिका–३ का ३९ वर्षीय सन्तोष घिमिरे छन्।
प्रहरीका अनुसार उक्त रकमको स्रोत खुलेको छैन र हाल उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ।
एसपी बोहरा भन्छन्, उनीहरू शंकास्पद अवस्थामा रहेका कारण चेकजाँच गर्दा झोलामा लुकाइएको नगद फेला परेको हो।
प्रहरीले यस बिषयमा अनुसन्धान गरि रहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











विदुरकी तामाङ सुन्धारा कारागारबाट मध्यराति फरार
रास्वपा रसुवाको नेतृत्वमा भट्ट
कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत
धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद
एसईईको पूरक परीक्षा असार १ देखि





प्रतिक्रिया