बागमती प्रदेशमा इ–ब्लु बुकको थालनी

नुवाकोट । बागमती प्रदेशमा शुक्रवारबाट अनलाइन सवारी धनी प्रमाणपत्र (इ–ब्लुबुक) को थालनी भएको छ ।

नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को अवसरमा पहिलो इ–ब्लु बुक जारी गरी कार्यक्रमको शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा प्रधानमन्त्री ओलीसहित सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ, बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जन आदिको उपस्थितिमा कार्यक्रममा शुभारम्भ भएको हो ।
शुक्रवारबाट शुरु भएको बागमती अनलाईन भिआएसमार्फत आफ्नो विवरण भरेर व्यक्तिगत र संस्थागत दुवै सवारी साधनले प्रकृया पूरा गरेर नागरिक एपमार्फत क्यूआर प्राप्त गर्न सकिने जानकारी कार्यक्रममा यातायात मन्त्री महर्जनले जानकारी दिए । मन्त्री महर्जनका इ–ब्लु बुक प्राप्तिपश्चात् सवारी धनीले ब्लु बुक बोक्नु नपर्ने, मोबाइलमै सवारी परिचय देखाउन सकिने र कार्डको रुपमा प्रिन्टसमेत गर्न सकिने छ ।
कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुक सूचना प्रविधिको युगमा प्रवेश गरिसकेको र धेरै सेवा अनलाइनबाटै हुन थालेको बताए । प्रधानमन्त्री ओलीका अनुसार अब मुलुकले आफ्नै सुरक्षासहितको डेटा प्रणाली कायम गर्नुपर्नेमा जोड दिँदै दिए । उनले व्यवस्था परिवर्तनपछि अवस्थामा परिवर्तन भएन भन्नेहरुका लागि सूचना प्रविधिको विकास आफैंमा जवाफ भएको टिप्पणी गरे ।
प्रधानमन्त्री ओलीका अनुसार मुलुकको समृद्धिका लागि कुनाकुनाका जनजनमा विकास र सुशासनका लागि सूचना तथा सञ्चार प्रविधिको विस्तार र प्रयोगमा जानुपर्छ । सूचना र प्रविधिको दुरुपयोग गरेर मान्छेको हुर्मत लिने प्रवृत्तिबाट सचेत हुनुपर्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सडक, विद्युतलगायत पूर्वाधारको विकास भएकाले सूचना तथा प्रविधिको क्षेत्रमा लगानी गर्न वैदेशिक लगानीकर्तालाई आग्रह गरेका छन् ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले छिट्टै २ वटा महानगरपालिकाबाट फाइब जी सेवा सुरु गर्ने बताए । उनले मुलुकको सुशासन, विकास र सहज सेवा प्रवाहमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगको अधिकारलाई विस्तार गर्दै थप उपलब्धि हासिल गर्नुपर्ने बताए ।
बागमती प्रदेशका मन्त्री महर्जनले आजको शुभारम्भ कार्यक्रमको बारेमा भन्नु पर्दा सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्रमा आबद्ध गराई छुट्टै बायोमेट्रिक्स लिन नपर्ने गरी बागमती प्रदेश सरकारले आफ्नै इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स प्रणाली (बागमती इडिएल) विकास गरेको बताए । मन्त्री महर्जनका अुनसार लाइसेन्स परीक्षाको लिखित र ट्रायल चरणमा मात्रै कार्यालयमा भौतिकरुपमा उपस्थित हुन पर्ने र अन्य कार्य अनलाइनमार्फत् नै हुने गरी यस प्रणालीमा आवश्यक व्यवस्था गरिएकोले कार्यसम्पादनमा थप सरलता, प्रभावकारिता र सेवाग्राहीमा सन्तुष्टि ल्याउने विश्वास व्यक्त गरे ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया