गोरु काट्ने गुरुङ पक्राउ

नुवाकोट । घरमा पालिराखेको गोरु जोत्न नसक्ने बुढो भएपछी घर मालिकले नै काटेका छन् ।

स्याङ्जाको पुतलीबजार नगरपालिकामा गोरु काट्ने एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका १२ पेल्काचौर बस्ने डम्बर बहादुर गुरुङ (टेक) रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । मंगलबार बेलुका उनले गोरु काटेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले खोजतलास गरेको थियो ।
गुरुङले आफ्नै घरमा पालेको गोरुलाई आफ्नै घर नजिकै बारीमा लगी फलामको घन समेतले टाउकोमा प्रहार गरी मासु काटी घरको आगनमा ल्याई त्रिपालभित्र बेरी लुकाई छिपाई राखेको अवस्थामा फेला पारेको थियो । गोरु काटी फरार रहेकोमा उनलाई खोजतलास गर्दै जाँदा पुतलीबजार नगरपालिका १२ पेल्काचौरमा लुकिछिपी बसेको अवस्थामा बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले पशुपंक्षी सम्बन्धी कसुर मुद्दा दर्ता गरी सम्मानित स्याङ्जा जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया