गोरु काट्ने गुरुङ पक्राउ
नुवाकोट । घरमा पालिराखेको गोरु जोत्न नसक्ने बुढो भएपछी घर मालिकले नै काटेका छन् ।

स्याङ्जाको पुतलीबजार नगरपालिकामा गोरु काट्ने एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका १२ पेल्काचौर बस्ने डम्बर बहादुर गुरुङ (टेक) रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । मंगलबार बेलुका उनले गोरु काटेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले खोजतलास गरेको थियो ।
गुरुङले आफ्नै घरमा पालेको गोरुलाई आफ्नै घर नजिकै बारीमा लगी फलामको घन समेतले टाउकोमा प्रहार गरी मासु काटी घरको आगनमा ल्याई त्रिपालभित्र बेरी लुकाई छिपाई राखेको अवस्थामा फेला पारेको थियो । गोरु काटी फरार रहेकोमा उनलाई खोजतलास गर्दै जाँदा पुतलीबजार नगरपालिका १२ पेल्काचौरमा लुकिछिपी बसेको अवस्थामा बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले पशुपंक्षी सम्बन्धी कसुर मुद्दा दर्ता गरी सम्मानित स्याङ्जा जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














रसुवाको टिमुरेबाट बहुविवाह मुद्दाका फरार थुनुवा पक्राउ
नाबालिकाको चरित्र हत्या गर्ने नुवाकोटका युवक पक्राउ
देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल
बागमतीमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्रीले लिए शपथ





प्रतिक्रिया