भरत ढुङ्गाना आधारभुत विद्यालयको भवन शिलान्यास
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १२ धारापानीमा रहेको शहिद भरत ढुङ्गाना स्मृति आधारभुत विद्यालयको भवनको शिलान्यास गरिएको छ ।

बुधवार विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ र उपप्रमुख प्रभा बोगटी लगायतले विद्यालयको भवनको शिलान्यास गरेका हुन् ।
भवनको शिलान्यास गर्दे नगरपालिकाका प्रमुख श्रेष्ठले समुन्नतिको पहिलो आधार शिक्षा भएको बताए । नगर प्रमुख श्रेष्ठले शिक्षा क्षेत्रमा महत्वपूर्ण कार्यहरु गर्दै आएको बताउँदै शिक्षा क्षेत्रमा नगरपालिकाले बजेटको कमी हुन नदिने बताए । उनले गुणस्तरीय शिक्षा प्रवाह सबैको साझा उद्देश्य हुनुपर्ने समेत बताए ।
कार्यक्रममा नगरपालिकाकी उपप्रमुख प्रभा बोगटीले विद्यालय भवनको निर्माण कार्य गुणस्तरीय एवं फलदायी बनाउनका लागि विद्यालय प्रशासन, नगरवासी र सरोकार लगायतका सबै पक्षले निर्माण कार्यबारे चासो लिनुपर्र्नेे बताइन् । उनले नगरक्षेत्रको विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न नगरपालिका सदैव तयार रहेको समेत उल्लेख गरिन् ।
संघिय सरकारको एक करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको ८ कोठे पक्की भवनको निर्माण आगामी असार मसान्तसम्म सक्ने तयारी गरिएको छ ।
भवनको ठेक्का निर्माण व्यवसायी सम्पुर्ण अधिकारीले पाएका छिन् । उनले निर्धारित समयमै विद्यालयको भवन निर्माण गर्ने प्रतिवद्दता व्यक्त गरेका छन् ।
अहिले विद्यालयको संरचना मात्र तयार हुने र पुर्ण रुपमा विद्यालय निर्माण हुन थप ७० लाख रुपैयाँ आवश्यक पर्ने विद्यालयका प्रध्यानाअध्यापक विष्णुप्रसाद ढुङ्गानाले जानकारी दिए ।
त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद भट्टले विद्यालयको भवन निर्माणको रेखदेख गर्न सबै सरोकारवालाहरुलाई आग्रह गरेका छन् ।
विद्यालयको भवन शिलान्यास कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष लेनिन रन्जित, वडा नम्बर १२ का वडाध्यक्ष उपिन्द्र खड्का,पुर्व वडाध्यक्ष सिताराम अर्याल लगायतको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














रसुवाको टिमुरेबाट बहुविवाह मुद्दाका फरार थुनुवा पक्राउ
नाबालिकाको चरित्र हत्या गर्ने नुवाकोटका युवक पक्राउ
देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल
बागमतीमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्रीले लिए शपथ





प्रतिक्रिया