चट्याङबाट महिला र बार्दलीबाट खस्दा शिशुको मृत्यु
नुवाकोट । खोटाङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । केपिलासगढी गाउँपालिका–७ सुङ्देल गुल्टेनस्थित ४५ वर्षीया दिलकुमारी राईको चट्याङ लागेर मृत्यु भएको हो ।

शनिबार बिहान करिब ४ बजे घरको आँगनमा चट्याङ लाग्दा राईको घटनास्थलमै मृत्यु भएको स्थानीयवासीले बताएका छन् । घरबाहिर सुकाएको कपडा उठाउने क्रममा दिलकुमारीलाई चट्याङ लागेको पाईएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी प्रतीक विष्टले बताए ।
जिल्ला अस्पताल खोटाङमा मृतक दिलकुमारीको शव परीक्षण गराईने जनाईएको छ ।
यस्तै, घरको बार्दलीबाट सडकमा खस्दा गम्भीर घाइते भएकी २१ महिने शिशुको उपचारमा लौँदै गर्दा बाटोमै मृत्यू भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क बसेरीका अशोक पोखरेल र कुमारी ढुङ्गानाको छोरी अनुसोया पोखरेलको मृत्यु भएको हो ।
दिक्तेलबजारस्थित एक घरमा बस्दै आएका पोखरेल दम्पतीकी छोरी शुक्रबार साँझ बार्दलीबाट ढलान गरेको सडकमा खसेकी थिईन् । ढलान गरेको सडकमा खस्दा गम्भिर अनुसोयालाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेल लगिएको थियो । जिल्लामा उपचार सम्भव नभएपछि अस्पतालले काठमाडौँस्थित ट्रमा सेन्टर रेफर गरेपछि सुमो गाडीमा काठमाडौँ उपचारका लागि पठाइएको थियो ।
उपचारको लागि काठमाडौँ लगिएको शिशु अनुसोयाको जयरामघाट पुगेपछि गएराति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । मृतक अनुसोयाको शनिबार बिहान दिक्तेल ल्याएर शव परीक्षण गरिएको डिएसपी विष्टले जनाए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














रसुवाको टिमुरेबाट बहुविवाह मुद्दाका फरार थुनुवा पक्राउ
नाबालिकाको चरित्र हत्या गर्ने नुवाकोटका युवक पक्राउ
देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल
बागमतीमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्रीले लिए शपथ





प्रतिक्रिया