ग्लोबल मनी विक : नुवाकोटका बैंक तथा वित्तिय संस्थाको प्रभातफेरी सम्पन्न
नुवाकोट । ग्लोबल मनी विक २०२५ को अवसर पारेर नुवाकोटमा रहेका बैंक तथा बित्तिय संस्थाहरुले बजार क्षेत्रमा वित्तीय साक्षरता सम्बन्धी प्रभातफेरी कार्यक्रम आयोजना गरेका छन् ।

बैंक वित्तिय संस्था एवं बिमा कर्मचारी क्लब नुवाकोटको आयोजनामा भएको प्रभातफेरी कार्यक्रम बट्टार क्याम्पसबाट शुरु भएर संगमचोक, विदुर, बट्टार वसपार्क हुँदै हावाघरमा पुगेर सम्पन्न भएको हो ।
‘थिंक बिफोर यु फलो वाइज मनी टुमारो’ भन्ने नाराका साथ यो कार्यक्रम सप्ताहव्यापी रुपमा नुवाकोटका विभिन्न बैंक तथा वित्तिय संस्थाहरुले गरिरहेका छन् ।

कार्यक्रममा सहभागिहरुले वित्तीय साक्षरताको अभिबृद्धि गर्ने विभिन्न ब्यानर तथा प्ले कार्ड प्रर्दशन गरेका छन् ।
बालबालिका र युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारको विकास गर्ने उद्देश्यका साथ आर्थिक सहयोग र विकास संगठन (ओइसिडि) को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष ग्लोबल मनी विक विश्वभर मनाउने गरिएको छ ।

नेपालमा यस अभियानको आयोजन नेपाल राष्ट्र बैंकको संयोजनमा २०१३ देखि गरिँदै आएको हो। यो अभियानले हालसम्म १७६ भन्दा बढी मुलुकका छ करोडभन्दा बढी बालबालिका, किशोरकिशोरी र युवाहरुलाई लाभान्वित गरेको छ।
कार्यक्रममा विदुर नगरपालिका वडा नमबर २ का वडाध्यक्ष दिपक कायस्थ्य, वडा नम्बर ४ का वडाध्यक्ष निलमबाबु ढुङ्गेल लगायत विभिन्न सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमले वित्तीय साक्षरता अभिवृद्धिमा सहयोग गरेको सरोवारवालाहरुले बताएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












रसुवामा ४३६ थान भेप सहित एक युवक पक्राउ
नुवाकोटको तारकेश्वरमा आइतबारको बिदा खारेज, कार्यालय समय पुनः १०–५ कायम
रास्वपाकाे रसुवा जिल्ला समिति विघटन
विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ
महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश





प्रतिक्रिया