नुवाकोटमै पहिलो पटक बंगुरको शल्यक्रिया मार्फत बच्चा निकालियो
नुवाकोट । नुवाकोटमै पहिलोपटक बंगुरको सफल शल्यक्रिया गरि बच्चा निकालिएको छ ।

तादी गाउँपालिका वडा नम्बर ३ खरानीटारका स्थानिय गायत्री सुनारको घरमा पालिएको बंगुरको शल्यक्रिया गरि बच्चा निकालिएको हो । पशुपंक्षी क्लिनिक बट्टारका प्राविधिक टोलीले बंगुरको शल्यक्रिया मार्फत ९ ओटा बच्चा निकालेको संचालक डा. सुदिप कोइरालाले जानकारी दिए ।

बंगुरको शल्यक्रिया मार्फत बच्चा निकाल्दै पशु प्राविधिकहरु ।
शल्यक्रिया मार्फत निकालेका ९ ओटा बच्चामध्ये एक मात्र जीवित अवस्थामा रहेको डा. कोइरालाले बताए । अन्य ८ बच्चा भने मृत अवस्थामा निकाालिएको थियो । तीमध्ये कहिे सडेगलेको अवस्थामा निकालिएको थियो ।
दुई दिनसम्म सुत्केरी व्यथा लागेको बंगुरलाई स्थानिय प्राविधिकहरुले प्रयास गर्दा समेत बच्चा निकाल्न नसकेपछि पशुपंक्षी क्लिनिकबाट खटिएका पशु प्राविधिक नविन कुमार शाही र रमेश प्याकुरेलले सफल शल्यक्रिया गरेका थिए ।
पशु डा. कोइरालाका अनुसार नुवाकोटमा पशुहरुको शल्यक्रिया मार्फत सुत्केरी गराउन दक्ष जनशक्ति तयार भएकोले सुत्केरी ब्यथा लागेर पशुहरु मनुपर्ने अवस्था नरहेको बताए ।
जिल्लामै पशुहरुको उपचार हुने भएकोले पशुसम्बन्धी केही समस्या देखिएको पशुपंक्षी क्लिनिकमा सम्पर्क गर्न उनले आग्रह गरे ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया