जिल्ला हुलाक कार्यलयको हाजिरीकपि जिल्ला प्रशासन कार्यलय नुवाकोटको नियन्त्रणमा

विदुर खबर २०७५ कार्तिक ६ गते २:०१

नुवाकोट कार्तिक ६,जिल्ला हुलाक कार्यलय नुवाकोटमा कर्मचारी छनौट लगायत विविध विषयमा अनियमितताको बढेको भन्दै जिल्ला प्रशासन कार्यलय नुवाकोटले कार्यलयको हाजिरीकपि नियन्त्रणमा लिएको छ ।

Advertisement

दशैँको बिदापछि कार्यालय खुलेको दोस्रो दिनमा कार्यालय प्रमुखसहितका कर्मचारी अनुपस्थित थिए । समाचार सङ्कलनका लागि हुलाक कार्यालय पुगेका पत्रकारले कार्यालयको विवरण माग्दा दिने आधिकारिक व्यक्तिसमेत थिएनन् ।
प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले हुलाकको कर्मचारी ब्यवस्थापन हुन नसक्नु पुरानो रोग हो भन्दै त्यसलाई नियन्त्रण गर्न आफू तत्पर रहेको बताउनुभयो । हुलाक कार्यालयका प्रमुखसँग स्पष्टीकरण माग्नेदेखि कर्मचारी करारमा नियुक्त गरेका विषयमा पनि छानबिन हुने उहाँले स्पष्ट गर्नुभयो ।

फूलपाती अगाडिसम्म ४१ जनाको हाजिरी हुने गरेको हुलाक कार्यालयमा आज ६ जनाको हाजिरी भएको छ जसमा करारमा रहेका तीन र अन्य स्थायी दरबन्दीका तीन जना मात्र थिए । कार्यालय प्रमुख गोपाल अधिकारी कार्यालयमा उपस्थित हुनुभएको छैन । आफू कार्यालयमा नहुँदा सो कार्यालयका कर्मचारीलाई निमित्तसमेत दिइएको छैन । उहाँ बिदामा बसेको वा कार्यालयमा नआएको भन्ने समेत कार्यालयमा भएका कर्मचारीलाई थाहा छैन । एकै परिवारमा रहेका बाबु, छोरा, बुहारी र छोरीसमेत करारमा नियुक्त भएका छन् । हुलाकको काम भनेको सरकारी चिठ्ठीदेखि हरेक कार्यालयका सूचना समयमा तोकिएको ठाउँमा पु¥याउने एक भरपर्दो निकाय हो । नुवाकोटको हुलाक कार्यालयमा भने कामभन्दा बढी कर्मचारी छन् । कामंमा भने पारदर्शिता देखिँदैन ।

Advertisement

हुलाक कार्यालयमा विभिन्न पदमा करारमा कर्मचारी नियुक्त गर्दै पारिवारिक अखडासमेत बनाइएको छ । एकै परिवारका ६ जनासम्म कार्यालयमा करारमा काम गर्दै आएका छन् । कार्यालय प्रमुखकै श्रीमती गोमासमेत डाँकका रुपमा करारमा नियुक्त हुनुहुन्छ । उहाँको काम भने खासै छैन । उहाँ महीनामा एक दुई पटक आफ्नो इलाका तोकिएको ठाउँमा जाने र महीनाभरीको हाजिर एकै पटक गरेर तलब बुझने गरेको पाइएको छ । करारमा काम गर्न भनी राखिएका कर्मचारी खोज्दै जाने हो भने कि घरको काम गर्दै हुन्छन् कि त निजी काममा व्यस्त हुन्छन् । पछिल्लो समय सूचना तथा सञ्चार मन्त्रालय, हुलाक व्यवस्था विभागले नुवाकोटमा १६ जना करारमा कर्मचारी नियुक्त गर्न निर्देश गरे तापनि जिल्ला हुलाक कार्यालयले भने ३४ जनालाई करारमा राखेको छ । सो कार्यालयमा रहेका कर्मचारीको एक जना नातेदार भए पनि करारमा छन् ।

 

Advertisement

रासस

प्रतिक्रिया