बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ
नुवाकोट । बैंकिङ कसुरमा फरार रहेका एक जना व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१४ घर भई सोही स्थानमा बस्ने ४३ वर्षीय सुनिल दवाडी रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दवाडीलाई फागुन २३ गते ललितपुर महानगरपालिका-५ भनिमण्डपबाट पक्राउ गरेको हो।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार दवाडीविरूद्ध २५ लाख रुपैयाँको बैंकिङ कसुरको उजुरी थियो।
दवाडीलाई आवश्यक कारबाहीको लागि प्रहरी वृत्त कालिमाटी पठाइएको आचार्यले बताए।
यस्तै, कार्यालयले बैंकिङ कसुरकै फरार प्रतिवादी सिन्धुली दुधौली नगरपालिका-७ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-३ बस्ने ३८ वर्षीय सुरेन्द्र घिमिरेलाई पक्राउ गरेको आचार्यले बताए।
उनलाई काठमाडौं महानगरपालिका-२६ सामाखुसीबाट फागुन २३ गते पक्राउ गरिएको आचार्यले बताए। उनीविरूद्ध १५ लाख ५० हजार रुपैयाँको बैंकिङ कसुरको उजुरी कार्यालयमा परेको थियो।
घिमिरेलाई आवश्यक कारबाहीको लागि प्रहरी वृत्त जनसेवा पठाइएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














रसुवाको टिमुरेबाट बहुविवाह मुद्दाका फरार थुनुवा पक्राउ
नाबालिकाको चरित्र हत्या गर्ने नुवाकोटका युवक पक्राउ
देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल
बागमतीमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्रीले लिए शपथ





प्रतिक्रिया