गजलमय बन्यो धादिङ
नुवाकोट । सागर सुकाइदिन्छु, ढुंगा गलाइदिन्छु
कारण बताउँदा म, तिम्रै बताइदिन्छु ।

गजलकार राधा कणेलले गजलका यी मिसरा वाचन गरिरहँदा धादिङबेंसीको नीलकण्ठ बालमन्दिर माविको हल ‘वाहवाह’ र तालीले गुञ्जायमान बनेको थियो ।
तत्कालै उनी यी मिसरामा पोखिइन् :
फकाउँदै, फुल्याउँदै सुर्याउने हजार छन्
उठाएझैं गरीगरी, लडाउने हजार छन् ।
सयौंको संख्यामा रहेका भाषा, साहित्य, कला र संस्कृतिप्रेमीहरूबीच शनिबार गजल साँझ सम्पन्न भयो ।
बाग्मती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजनामा भएको २ दिने बाग्मती साहित्य महोत्सव, २०८१ मा शनिबारको सेसनमा गजल प्रशिक्षण र गजल साँझ पनि राखिएका थिए । उक्त गजल प्रशिक्षणमा गजलकारद्वय आँचलकुमार शर्मा र सुमी पोखरेलले प्रशिक्षण दिएका थिए ।
नेपाल गजल प्रतिष्ठानले संयोजन गरेको गजल साँझमा गजलकार बिनोद बिम्बित यसरी पोखिए :
कस्तो मीठो खिल थियो दिलमा
अस्ति उसको दिल थियो दिलमा ।
बिम्बितका यी मिसरामा श्रोता यसरी मुग्ध बने कि हरेक शेरमा ‘वान्स मोर’ सुनिन्थ्यो । यस्तै सुन्दर र सशक्त शेरहरूमा जमे प्रदीप रोदन, डा. प्रदीपकुमार मैनाली, रोमा लम्साल, आर्य आयुषा, अविभास सापकोटा, परिविक्रम, अनजान यात्री, दीप मिलनलगायतका गजलस्रष्टाहरू । नेपाल गजल प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठले सहजीकरण गरेको गजल साँझ साँच्चै भव्य, सभ्य र उत्कृष्ट भएको उपस्थित श्रोताहरूको प्रतिक्रिया थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














रसुवाको टिमुरेबाट बहुविवाह मुद्दाका फरार थुनुवा पक्राउ
नाबालिकाको चरित्र हत्या गर्ने नुवाकोटका युवक पक्राउ
देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल
बागमतीमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्रीले लिए शपथ





प्रतिक्रिया