७ वर्षदेखि भाडाको घरमा वाग्मती प्रदेश सरकार
नुवाकोट । संघीय व्यवस्था कार्यान्वयन भएको ७ वर्षमा वाग्मती प्रदेशमा ५ मुख्यमन्त्री र ८० भन्दा बढी मन्त्री भइसकेका छन् ।
तर प्रदेशको भौतिक संरचना निर्माण अघि बढ्न सकेको छैन । जग्गाको टुंगो नलाग्दा पुराना सरकारी भवन र भाडाको घरबाट प्रदेश सरकार सञ्चालन भइरहेको छ । बर्सेनि ३ करोडभन्दा बढी भाडा प्रदेश सरकारले बुझाउँदै आएको छ ।
प्रदेश सरकारले हरेक वर्ष प्रादेशिक संरचना निर्माणका लागि बजेट विनियोजन गर्दै आएको छ । तर जग्गा प्राप्तिमै रुमल्लिँदा प्रदेशका मन्त्रालय, प्रशासनिक भवन, विभिन्न आयोजना र आयोजना कार्यान्वयन इकाइको कार्यालय निर्माण हुन नसकेको हो । प्रादेशिक संरचना बनाउन प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत छुट्टै कार्यालय स्थापना गरिएको छ । जग्गा टुंगो नलाग्दा कार्यालयले पनि काम अघि बढाउन सकेको छैन ।
तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको प्रदेश सरकारले सुरुमा हेटौंडा उपमहानगरपालिका–९ स्थित हेटौंडा सिमेन्ट उद्योगको जग्गामा प्रादेशिक संरचना बनाउन खोजेको थियो । उक्त जग्गा प्रदेशमातहत ल्याउन नमिल्ने भएपछि अहिले हेटौंडा–१७ हटिया डिपोचौरको जग्गा प्रयोग गर्न खोजिएको छ ।
डिपो चौरको जग्गामा प्रादेशिक संरचना निर्माणका लागि प्रदेशले २०७८ फागुनमा संघीय सरकारसमक्ष स्वीकृति माग गरेको थियो । प्रदेशको मन्त्रिपरिषद्ले २०७९ फागुनमा निर्णय गरेर वातावरणीय प्रभाव मूल्यांकन गरिएको थियो । त्यसको प्रतिवेदन प्रदेश सरकारले संघीय सरकारलाई पठाइसके पनि स्वीकृत हुन सकेको छैन ।
प्रदेश सरकारले प्रस्ताव पेस गरेको एक वर्षसम्म जग्गा प्राप्ति हुन नसकेको वाग्मतीका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले बताए । जग्गा प्राप्ति भए पनि तत्काल प्रादेशिक संरचना बनाउन सकिने अवस्था नरहेको मन्त्रीको भनाइ छ । ‘असोजमा विपद्ले गरेको क्षतिबाट पीडित भएकालाई कसरी राहत दिने भन्ने अझै टुंगो लागेको छैन । अहिले नै प्रादेशिक संरचना निर्माण अगाडि बढ्ने सम्भावना छैन,’ उनले भने ।
जग्गा प्राप्तिमा समस्या हुँदा प्रादेशिक संरचनाका लागि छुट्याइएको बजेट बर्सेर्नि फ्रिज हुँदै आएको छ । आर्थिक वर्ष २०७६/७७ मा प्रशासनिक तथा आवास भवन अध्ययन तथा निर्माणका लागि विनियोजन भएको ४ करोड रुपैयाँ फ्रिज भएको थियो । आव २०७७/७८ मा ९७ करोड, आव २०७८/७९ मा ५० करोड बजेट छुट्याइए पनि प्रयोग हुन सकेन ।
आव २०७९/८० मा दुई वटा शीर्षकअन्तर्गत ४० लाख रुपैयाँ र सोही वर्षमा मुख्यमन्त्री तथा मन्त्रालयको डिजाइन र ड्रइङ शीर्षकअन्तर्गत २० लाख रुपैयाँ तथा प्रदेश राजधानीको विविध पूर्वाधार विकास अध्ययन तथा अनुसन्धानका लागि २० लाख रुपैयाँ बजेट फ्रिज भएको थियो । उक्त आयोजनाका लागि गत आव २०८०/८१ मा २५ करोड र चालु आर्थिक वर्षमा ३५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।
प्रादेशिक संरचना निर्माण आयोजना कार्यान्वयनमा प्रदेश सरकार तयारी अवस्थामा रहेको दाबी वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्केको छ । ‘संघीय सरकारले मन्त्रिपरिषद् बैठकबाट जग्गा प्राप्तिको निर्णय गरेसँगै निर्माणले तीव्र गति लिन्छ,’ उनले भने ।
संघीय सरकारको वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय र राष्ट्रिय योजना आयोगबाट प्रक्रिया पूरा गरी मन्त्रिपरिषद् बैठकबाट जग्गा प्राप्तिको विषय टुंगिनेछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वयम्भूबाट ७० लाख नगद र सुनका गहनासहित दुई जना पक्राउ
भारतमा कृत्रिम वर्षाका लागि क्लाउड सिडिङ
काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन अन्तिम चरणमा
धादिङमा केराको विषयमा विवाद हुँदा छोराले गरे बाबुमाथि बन्चरो प्रहार
आत्मदाह प्रयास गरेकी रसुवाकी पौडेलको मृत्यु





प्रतिक्रिया