धादिङबेसीमा यो:मरि खोसाखोस
नुवाकोट । यो:मरि पुन्हीको अबसरमा धादिङबेसीमा आयोजना गरिएको सडक नेवाः खाना उत्सावको स्टलमा यो:मरि माग अनुसार नहुँदा खोसाखोस भएको छ ।
सडकमै खाऔं, सडकमै रमाऔं, सडकमै कमाऔं भन्ने मूल नाराका साथ झिंगु नेवाः समाज धादिङले सडक नेवाः खाना उत्सवको आयोजना गरेको हो ।
नेवारी समूदायको मूख्य बसोबास क्षेत्र रहेको धादिङबेसीमा नेवारी संस्कृतिलाई प्रवद्र्धन गर्दै आर्थिक वृद्धिका लागि पहिलो पटक उत्सबको आयोजना गरिएको थियो ।
धादिङबेसी बिचबजारबाट त्रिबेणीचोकसम्मको सडकमा आयोजना भएको उत्सबमा नेवारी खानाको अत्याधिक माग भएकोले आयोजकले ग्राहकलाई खानेकुरा विक्रि गर्न भ्याइनभ्याइ भएको छ ।
यो:मरि नेवारी सस्कृति झल्काउने परिकार हो । चामलको पिठोभित्र खुदो वा खुवा हालेर बाफमा पकाइने परिकार हो । धेरै मानिस किन्न आएर पनि किन्न नपाएपछि यतिकै फर्किएका छन् ।
नेवारी समुदायको भाषा, सस्कृति, खाना परिकार तथा पोशाकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा पहिचान स्थापित गर्न खाना उत्सवको आयोजना गरिएको झिंगु नेवाः समाज धादिङका अध्यक्ष राजकुमार श्रेष्ठले बताए ।
‘सडक नेवाः खाना उत्सव लोप हुदै गएको नेवारी संस्कृतिको जगेर्णा गर्ने विश्वास लिएका छौं । मानिसहरुको उत्साहजनक सहभागिताले हामीलाई थप हौसला थपेको छ’ उनले भने । सडक महोत्सवमा यो:मरि, चटामरी, बारा छोइला, सपुमिचा, मसरुम छोइला, सोयाविन छोइला, वः लगायतका नेवारी परिकारहरुको स्वाद लिएका थिए ।
खाने, रमाइलो गर्ने र नेवारी परिकारको स्वादसँगै नेवारी संस्कृतिको बारेमा जानकारी लिन आउनेहरुको भिड नै लागेको छ ।खासगरि यो:मरि खान आउनेहरुले लामो लाइन नै लागेर बसेको स्पष्ट देखिएको छ ।
धेरै मानिसहरुले यो:मरि किन्न नपाएर घर फर्किनु परेकोले आगामी दिनमा गरिने महोत्सवमा भने ग्राहकहरुले भरपुर किनेर खान मिल्ने व्यवस्था गरिने आयोजक गोबिन्दकुमार श्रेष्ठले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














रसुवाको टिमुरेबाट बहुविवाह मुद्दाका फरार थुनुवा पक्राउ
नाबालिकाको चरित्र हत्या गर्ने नुवाकोटका युवक पक्राउ
देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल
बागमतीमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्रीले लिए शपथ





प्रतिक्रिया