रविलाई पक्राउ गर्न पर्सा जिल्ला अदालतले दियो अनुमति
नुवाकोट । पर्साको सानोपाइला सहकारी संस्था ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।
बुधबार जिल्ला अदालत पर्साले लामिछानेसहित छविलाल जोशी, जीबी राई, रामबहादुर खनालसहितका व्यक्तिविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो। जिल्ला प्रहरी कार्यालय पर्साले उनीहरूविरुद्ध सानोपाइला सहकारी संस्था ठगीमा अनुसन्धानका लागि पक्राउ अनुमति मागेको थियो। ‘हामीले पक्राउ अनुमति मागेकोमा बुधबार अदालतले पुर्जी जारी गरेको छ।’ –पर्सा प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक किशोर लम्सालले भन्नुभयो। लामिछानेसहित जोशी र खनाल हिरासतमा छन्।
पर्साको सानोपाइला सहकारी संस्था ठगीमा ४ सय ३७ जनाले जाहेरी दिएका छन्। उक्त सहकारीको ३३ करोड ५० लाख ७० हजार ४ सय २७ रुपियाँ ठगी भएका बारे अनुसन्धान चलिरहेको छ।
उक्त सहकारीको अनुसन्धानमा अहिलेसम्म छवि र रविलाई बयानमा बोलाइएको छैन। उनीहरूलाई बयानमा लैजाने सम्भावना अधिक छ। सानोपाइला सहकारी ठगीमा मुख्य आरोपी जीबी, छवि, रवि र कुमार रम्तेल हुन् ।
लामिछानेसँग चितवन जिल्ला सरकारी वकिल कार्यालयले पनि बयान लिएको थियो। बयानलाई प्रभावित पार्ने गरी रविका समर्थकले नाराबाजी गरेपछि बुधबार चितवनमा भएको झडपमा परी १० प्रहरीसहित दुई दर्जनभन्दा बढी रविका कार्यकर्ता घाइते भएका छन्।
जीबी फरार छन् भने पक्राउ परेकाहरूलाई काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा नेपाल, पोखराको सूर्यदर्शन, रूपन्देहीको सुप्रिम सहकारी ठगीमा सरकारी वकिलले बयान लिएको छ। अब उनीहरूलाई पर्सा लगिने बताइएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया