आजको मौसम : हल्का वर्षाको सम्भावना
नुवाकोट । स्थानीय र पश्चिमी वायुको संयुक्त प्रभावले पहाडी क्षेत्रमा हल्का खालको वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन् ।
यो वर्षाको प्रभाव कोशी प्रदेशमा बढी र अन्य प्रदेशमा कम पर्ने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज र भोलि (आइतबार र सोमबार) कोशी प्रदेशसहितका पहाडी क्षेत्रमा छिटफुट खालको वर्षा हुने छ ।
तर मंगलबार भने आइतबार र सोमबारको तुलनामा केही ठूलो वर्षा हुने छ । उक्त वर्षाको प्रभाव कोशी, बागमती र गण्डकी प्रदेशसम्म देखिने मौसमविद मानन्धरको भनाइ छ । यद्यपि कात्तिक १८ र १९ गतेको जस्तो ठूलो वर्षा भने नहुने मौसम पूर्वानुमान महाशाखाका मौसमविदको भनाइ छ ।
कात्तिक १८ र १९ गतेपछि खासै वर्षा नभएकाले वायु प्रदूषण बढेको छ । वायु प्रदूषण शहरी क्षेत्रमा अझ बढी देखिन्छ । वायु प्रदूषणलाई हटाउन ठूलो वर्षा आवश्यक पर्दछ । तर तत्काल वायु प्रदूषण पखालिने गरी ठूलो वर्षाको सम्भावना भने नरहेको मौसमविद मानन्धर बताउँछिन् । तर अर्का मौसमविद एवम् त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. विनोद पोखरेल भने पश्चिमी वायुको प्रभावले केही ठाउँमा वर्षा गराउन सुरु गरेको र यो अवस्था आगामी बुधबारसम्म रहने सम्भावना रहेकाले वायु प्रदूषण केही हदसम्म घटाउन मद्दत पुग्ने बताउँछन् ।
‘एकदमै खतरनाक वायु प्रदूषणले पाकिस्तान र भारतमा धेरै दिनदेखि जनजीवन प्रभाव परेको छ । यो वायुप्रदूषणले नेपालको तराईलाई छोइसकेको अवस्थामा पश्चिमी वायुको प्रभावले केही ठाउँमा वर्षा गराउन सुरु गर्यो र यो अवस्था बुधबारसम्म रहने भएकाले थोरै राहत हुने देखिन्छ,’ डा. पोखरेल भन्छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














रसुवाको टिमुरेबाट बहुविवाह मुद्दाका फरार थुनुवा पक्राउ
नाबालिकाको चरित्र हत्या गर्ने नुवाकोटका युवक पक्राउ
देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल
बागमतीमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्रीले लिए शपथ





प्रतिक्रिया