यी हुन् घरमा शुद्ध हावा फैलाउने विरुवा
पृथ्वीमा रुख बिरुवा भएनन् भने कुनै पनि प्राणी बाँच्न सक्दैनन् । जैविक सन्तुलन बनस्पतीमै टिकेको छ । यसैले कुनै पनि बोट बिरुवा हाम्रा लागि उत्तिकै महत्वपूर्ण हुन्छन् ।
अझ, घरमा रोपेको विरुवाले घरको सौन्दर्य त बढाउँछ नै, शुद्ध अक्सिजनको उत्पादन गरी मानिसलाई विभिन्न रोग लाग्नबाट समेत बचाउँछ । घरमा रोपिने यस्ता रुविाले ‘एयरप्युरिफायर’को समेत काम गर्छ, जसले गहिरो निद्रा लगाउनुका साथै घरमा सकारात्मक उर्जा प्रवाह गर्दछ ।
हुन त यस्ता विरुवालाई घरभित्र राखेको खण्डमा यसले रातका समयमा कार्वनडाइअक्साईड पनि प्रवाह गर्छ । तर, हाम्रा वरिपरि यस्ता रुख विरुवा पनि छन्, जसले शरीरलाई चाहिने अक्सिजन पर्याप्त मात्रामा उत्पादन गर्छन् ।
चमेली
चेेमेलीको फुल तेलको लागि प्रसिद्ध छ । दक्षिण भारतमा महिलाले सुन्दरताको प्रतिकका रुपमा चमेली फूल टाउकोमा पनि लगाउने गर्दछन् । हेर्दा आर्कषक तथा मनमोहक देखिने चेमेलीको बोटले शरीरको तनाव कम गर्नुका साथै बेचैनी हटाउँछ । यसले गहिरो निद्रा जगाउनुका साथै शरीरमा सकारात्मक उर्जा संचार गर्दछ ।
एलोवेरा
अनुहार सम्बन्धि विभिन्न समस्यामा एलोभेरा अर्थात घिउकुमारी लाभदायक मानिन्छ । त्यसैले त, सौन्दर्यका विभिन्न प्रशाधनहरुमा एलोवेराको प्रयोग अधिक हुन्छ । एलोभेराको प्रयोगबाट अनुहार सुन्दर हुनुका साथै यसले निद्रासमेत लगाउँछ । सानो तिनो चोटकपटक तथा पोलेको घाउमा औषधीको काम गर्ने एलोभेराले रातको समयमा अक्सिजन छोड्छ, जसले गर्दा अनिद्राको समस्या हटेर जान्छ ।
स्पाइडर प्लान्ट
यत्रतत्र छरिएको यसको पत्ताबाटै यस वोटको पहिचान गर्न सकिन्छ । स्पाइडर प्लान्टले क्यान्सर गराउने तत्वको विकास गर्ने हानीकारक रसायनबाट वातावरणलाई शद्ध राख्न मद्दत गर्छ । साथै, यसले वातावरणको दुर्गन्ध नष्ट गरी आरामदायी निद्रा दिलाउन मद्दत गर्छ ।
तुलसी
स्वास्थ्य सम्बन्धि विभिन्न समस्यामा तुलसीको प्रयोग हुने गर्छ । तुलसीलाई विभिन्न औषधीको खानी पनि भन्ने गरिन्छ । त्यसैले त, गीत नै छ, ‘तुलसी आँगनमा रोपौंला ।’ हुन पनि तुलसीलाई घर आगनमा रोप्नको धार्मिक र आध्यात्मिक मात्र हैन, औषधि महत्व पनि छ । घरको आँगनमा तुलसी रोप्दा वातावरण शुद्ध हुनुका साथै यसले रुघाखोकी, ज्वरो, दुखाईलगायतमा समेत शरीरलाई आराम दिन्छ । टाउको दुखेमा तुलसीको पात पिसेर टाउकोमा लगाउनुस्, टाउको दुखाई निकै हदसम्म कम हुन्छ । तुलसीको पातको लेप बनाएर अनुहारमा लगाउँदा कोमल हुनुकासाथै सुन्दर देखिन्छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया