कस्तो छ आजको मौसम पूर्वानुमान ?
नुवाकोट । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव रहनुका साथै बाँकी प्रदेशहरूमा पश्चिमी वायुको साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ ।
हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।बागमती प्रदेशको सिन्धुली जिल्ला आसपास हल्का देखि मध्यम वर्षा हुनुका साथै कोशी प्रदेशको समेत एक-दुई स्थानमा हल्का वर्षा भैरहेको छ ।
आज दिउँसो कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशमा पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राती कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टा कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











फेरि ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?
युनाइटेड आधारभुत विद्यालयलाई लुम्बिनी विकास बैंकको डेक्स बेन्च सहयोग
चुनावमा पछारिइसक्यौं, अब अहंकार त्यागेर मिलौं : गुरुङ
खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनु आवश्यक छ : लामिछाने
चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा सञ्चालनमा





प्रतिक्रिया