बेलकोटगढीको खाल्टेमा करेन्ट लागेर एकको मृत्यु
विदुर खबर
२०७५ असोज २२ गते १०:१५

नुवाकोट ,नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं७ को खाल्टे मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नुवाकोटकै लिखु गाउपालिका वडा नं।१ बरखेती बस्ने अन्दाजी ३०÷३५ वषिर्य भरत ढुङगाना रहेको नुवाकोट प्रहरी प्रमुख वसन्त कुवरले बताए ।
Advertisement
गल्छिबाट त्रिशुली तर्फ आउदै गरेको फलामको बक्सा ल्याउदै गरेको ना ३ ख ४७६८ नं। को ट्रक चालकलाई करेन्ट लागेको बताइएको छ । ट्रकलाई बिजुलीको तारले छुन लागेकोले ट्रकमाथी छतमा गई तार पन्छाउने क्रममा ढुङगानालाई करेन्ट लागेको प्रहरी चौकी तारुकाले बताएको छ ।
सम्बन्धित
प्रतिक्रिया