चाउमिन-पिज्जाको अत्यधिक सेवनले मुटुरेागदेखि बाँझोपनासम्मको खतरा
के तपाईं पनि फास्टफुड र बजारमा भेटिने ‘रेडी टु इट फुड’ को शौखिन हुनुहुन्छ ? यदि हुनुहुन्छ भने तपाईं जानेर-नजानेर मोनो सोडियम ग्लुटामेटको भरपुर सेवन गरिरहनुभएको छ ।
मोनो सोडियम ग्लूटामेट अर्थात एमएसजी स्वास्थ्यका लागि कति खतरनाक छ भन्ने तपाईंलाई जानकारी छैन होला । यदि तपाईं प्याकेटमा ‘नो एडेडे एमएसजी’ को लेवल देखेर यसलाई सुरक्षित मान्नुहुन्छ भने पनि तपाईंलाई कम्पनीहरुले वेवकुफ बनाइरहेका छन् ।
के हो मोनो सोडियम ग्लूटामेट ?
ग्लूटामेट एक प्रकारको प्राकृतिक एमिनो एसिड हो जुन दूध, च्याउ र माछा जस्ता थुप्रै खाद्य पदार्थहरुमा पाइन्छ । मोनो सोडियम ग्लूटामेटलाई कारखानामा बनाइन्छ । यसको प्रयोग स्वाद बढाउने पदार्थको रुपमा गरिन्छ ।
बढिजसो चाइनिज खानेकुरा, नुडल्सका मसला, पिज्जा, चिप्स, बट्टामा बन्द तरकारी, सूप र प्रशोधित मासुमा यसलाई मिसाइन्छ । खाद्य सुरक्षासँग सम्वन्धित संसारभरका तमाम संस्थाहरुमा एमएसजीको प्रयोगलाई लिएर सँधै विवाद पर्दै आएको छ । यस विवादका कारण धेरै उत्पादकहरुले आफ्नो प्याकेटमा ‘नो एडेड एमएसजी’ लेख्न थालेका छन् ।
प्याकेटमै यस्तो लेखिएको देखेपछि तपाईं यसलाई सायद सुरक्षित सम्झिनुहुन्छ । तर, तपाईं गलत हुनुहुन्छ । धेरै उत्पादनहरुमा ‘नो एडेड एमएसजी’ लेखिने भए तापनि यसमा एमएसजी हुन सक्छ, किनकी उपरोक्त टिप्पणीको अर्थ हो, यस उत्पादनलाई बनाएपछि एमएसजी मिसाइएको छैन । जबकि बनाउने क्रममा यो उत्पादन प्रयोग गरिएको हुन सक्छ ।
एमएसजीको प्रभाव
एमएसजीको प्रयोग सुरु भएयताका ३० वर्षमा संसारभरमिा टाइप २ डाइबिटिजका रोगीहरुको संख्या ३० गुणा बढेको पाइन्छ । यसैबाट थाहा हुन्छ कि एमएसजी कति हानिकारक चिज हो । साथै यसको प्रयोगले गर्दा संसारभर बच्चाहरुमा मोटोपना बढिरहेको छ ।
किन हानीकारक छ एमएसजी ?
-एमएसजीको प्रकृति नशाजस्तो हुन्छ । एकपटक एमएसजीयुक्त खाद्यपदार्थ खाएपछि बारम्बार यही खान मन लाग्छ ।
-एमएसजीको सेवनले शरीरमा इन्सुलिनको मात्रा प्रभावित हुन्छ । त्यसैले यसले टाइप २ डाइबिटिजको खतरालाई बढाउँछ ।
-एमएसजीको सेवनले आँखाको ज्योती प्रभावित हुन्छ र तपाईंको रेटिनामा असर गर्न सक्छ ।
-यसको सेवनले मुटुको धड्कन बढ्नुका साथसाथै मुटुसम्वन्धी तमाम रोगहरुको सम्भावना बढ्छ । यसका अलावा छातिको दुखाई पनि हुन सक्छ ।
-एमएसजीयुक्त पदार्थहरुको अधिक सेवनले मोटोपनाको सम्भावना बढ्छ । बच्चाहरु र युवाहरुमा मोटोपानाको एउटा ठूलो कारण फास्टफुड्स र प्याकेज्ड फुड्समा प्रयोग हुने एमएसजी पनि हो ।
-एमएसजीले हाम्रो शरीरको न्यूरोन्सलाई पनि प्रभावित गर्छ । त्यसैले यसको लगातार सेवनले हाम्रो दिमागी क्षमतामा पनि प्रभाव पर्छ । एमएसजीयुक्त पदार्थहरुको सेवनले अल्जाइमर्स, पार्किन्सन्स जस्ता मस्तिष्कका रोग पनि हुन सक्छन् ।
-एमएसजीयुक्त पदार्थहरुको सेवनले बाँझोपना पनि हुन सक्छ किनकी यसको प्रयोगले गर्भमा रहेको बच्चालाई भोजन पुर्याउने नली प्रभावित हुन्छ । यसबाट भ्रुणको विकास नै हुन पाउँदैन ।
-एमएसजी मिसाइएको आहारा खाँदा रक्तचाप बढ्नुका साथै मुटु रोगको सम्भावना पनि बढ्छ ।
-यसको लगातार प्रयोगले माइग्रेनदेखि टाउको दुख्ने समस्या उत्पन्न हुन सक्छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण
कलाकार सागर लम्साल (बले) पक्राउ
आज धेरै ठाउँमा हावाहुरीको सम्भावना





प्रतिक्रिया