६ घण्टापछि राजमार्ग खुल्यो
नुवाकोट । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाँक्रे गाउँपालिका-२, कोइरालेमा सुक्खा पहिरो जाँदा अवरुद्ध भएको राजमार्ग छ घण्टापछि खुलेको छ ।
सडक माथिबाट सुक्खा पहिरो झर्दा राजमार्गमा दुईतर्फी नै सवारी आउजाउ बन्द भएको थियाे । दिउँसो १ बजेबाट बन्द भएको राजमार्ग बेलुका ७ बजेमात्र खुलेको स्थानीय नानु कार्कीले जानकारी दिइन्।
रातिपनि पहिराे लडेको र दिउँसाे पहिराे लडेपछि दुबैतर्फ बन्द भएको यातायात सेवा सडक निर्माण कम्पनीकाे डाेजरले पहिराे पन्छाएकाे जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रवक्ता मकेन्द्र कुमार मिश्रले बताए ।
निर्माणाधीन सडक आयोजनाको मेसिन प्रयोग गरी पहिरो पन्छाएपनि ठूलो पहिराे हटाउन एउटामात्र डाेजर लगाईएकाे ले ढिला भएको थियाे ।
सडक खन्दा सडकमाथी धाँजा फाटेकाे र पहिराे लडेको हो
पहिरोको कारण काठमाडौँ प्रवेश गर्ने र बाहिरिने सयौं सवारी रोकिएका छन्। निर्माणाधीन सडकमा बेलाबेला पहिरो झरेर बाटो अवरुद्ध हुने गरेको छ। साना सवारी साधनहरूलाई भने गल्छी-नुवाकोट सडकखण्ड प्रयोग गरेर आउजाउ गर्न भनिएको छ।
सडक आयाेजनाले निर्माणमा ढिलाई गरेकाे र पटक पटक पहिराे लडिरहेको छ ।
धादिङकाे गल्छी, सिस्नेखाेला, जाेगिमारा, माैवाखाेला क्षेत्रमा पटक पटक सडक अवरुद्ध हुँदै आएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा
रास्वपा रसुवाको सभापतिमा वसन्त भट्ट निर्वाचित
नुवाकोटका १२ स्थानीय तहमा साढे ३ अर्बको बजेट, कुनलाई कति ? (विवरणसहित)





प्रतिक्रिया