रसुवामा रात्रिकालीन हेलिप्याड सञ्चालनमा
ज्ञानेन्द्र न्यौपाने रसुवा, नेपाली सेना कालीजङ्ग गणले धुञ्चेमा निर्माण गरेको रात्रिकालीन हेलिप्याडको आज यहाँ उद्घाटन गरिएको छ ।
पचपन्न फिट लम्बाइ तथा चौडाइ भएको रात्रिकालीन हेलिप्याडको नेपाली सेना छ नम्बर बाहिनीका बाहिनीपति निर्मलकुमार थापाले उद्घाटन गर्नुभयो । हेलिप्याड बनाउन यहाँका पाँच वटा गाउँपालिका, स्याफ्रु–मैलुङ सडक निर्माण कार्यदल, अपर त्रिशूली एक जलविद्युत् आयोजना, नुवाकोटको विदुर नगरपालिका १ नम्बर वडा कार्यालय र सुन्दरादेवी साप्ताहिक पत्रिकाले सहयोग गरेको गणले जनाएको छ । दुई लाखभन्दा बढी नगद तथा श्रमदानमा उक्त हेलिप्याड निर्माण भएको हो ।
हेलिप्याडको चारैतिर २४ वटा बत्ती र तीन वटा ‘होरिजेन्टल’ बत्तीसमेत जडान गरिएकाले रात्रिकालीन अवरतण गर्न कुनै समस्या नआउने जनाइएको छ । अनुमति लिएर बिरामी उद्धारका लागि निजी हेलिकप्टरसमेत अवतरण गर्न सकिने गणले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












काठमाडौं-केरुङ रेलमार्ग सरकारको प्राथमिकतामा
एसईको नतिजा सार्वजनिक, ६५ प्रतिशत विद्यार्थी उत्तीर्ण
नुवाकोटमा महुली लघुवित्तको वित्तिय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न
नुवाकोट मोबाइल व्यवसायी संघको अध्यक्षमा श्रेष्ठ
नुवाकोट क्रसर उद्योग संघको अध्यक्षमा चित्रकार





प्रतिक्रिया