विदुर नगरपालिकाद्धारा सदाचार प्रतिवद्धता पत्रमा हस्ताक्षर
		
	
विदुर÷भुकम्पपछिको पुननिर्माण, पुर्नस्थापनाका साथै विपत व्यवस्थापन सम्बन्धि विदुर नगरपालिकाको कार्यमा जवाफदेहिता,पारदर्शिता र सदाचार अभिवृद्धि गर्न विदुर नगरपालिकाले सदाचार प्रतिवद्धता पत्रमा मंगलबार हस्ताक्षर गरेको छ ।
ट्रान्सपरेन्सी इन्टनेशल नेपालले मंगलबार विदुरमा आयोजना गरेको सदाचार प्रतिवद्धता पत्रमा हस्तान्त्ररण कार्यक्रममा मन्तव्य राख्दै जिल्ला समज्वय समितिकी उपप्रमुख अप्सरा थापाले आफुहरु निर्वाचित भएको डेढ वर्ष बितिसकेको भन्दै कार्यकाल पुननिर्माणमा मात्रै बित्ने होकी भन्ने चिन्ता बढेको बताउनुभयो । उपप्रमुख थापाले पुननिर्माणमा देखिएको समस्यालाई समाधान गर्न जिससले सदैव सहयोग गर्ने बताउनुभयो ।
सदाचार प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्दै विदुर नगरपालिकका मेयर संञ्जु पण्डितले नगरपालिकाले हस्ताक्षर गरेको सदाचार प्रतिवद्धता पत्र नुवाकोटमा नै पहिलो भएकोे भन्दै त्यसलाई सफलतापुर्वक कार्यान्यन गर्ने बताए । मेयर पण्डितले काम गर्ने क्रममा केही स्थानमा समस्या देखिएको भन्दै यस प्रतिवद्धताले अझै बढि जिम्मेवारी बढाएको उल्लेख गरे । कार्यक्रममा ट्रान्सपरेन्सी इन्टनेशल नेपालकी महासचिव पदमिनी प्रधानाङ्गले प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्नु मात्र ठुलो कुरा नभएको भन्दै कार्यान्वय गर्नु मुख्य चुनौती रहेको बताइन । नगरपालिकाले हस्ताक्षर गरेको प्रतिवद्धता पत्रमा भुकम्पपछिको प्ननिर्माणलाई प्रभावकारी बनाउन पिडितको गुनासो सुन्न हेल्प डेस्क संचालनमा ल्याउने,भुकम्पपिडितको केही गुनासो भएमा नगरप्रमुख मार्फत तत्काल संम्बोधन गरिने लगायत छन । प्रतिवद्धता कार्यान्यन गर्न र नियमित रुपमा कार्य समिक्षा गर्न ५ सदस्यीय प्रतिवद्धता कार्यान्यन टोली समेत गठन गरिने सदाचार प्रतिवद्धतापत्रमा उल्लेख छ ।
कार्यक्रममा विदुरनगरपालिकाकी उपमेयर गिता दाहाल, विदुर नगरपालिका वडा नं ४ का वडाअध्यक्ष टलकमान श्रेष्ठ, वडा नं ९ का वडाअध्यक्ष शनि चित्रकार, उपभोत्ता हित संरक्षण मञ्चका अध्यक्ष इन्द्र पण्डित लगायतले पुननिर्माणको समस्याको बारेमा बारम्बार सम्बन्धित निकायलाई जानकारी गराउँदा समेत कार्याजयनको पाटो फितलो भएको बताएका थिए । कार्यक्रममा दिईएको जानकारी अनुसार सदाचार प्रतिवद्धता पत्रमा यसअघि देशभरमध्ये तीन स्थानिय तहले मात्र हस्ताक्षर गरेको बताइएको छ । ट्रान्सपरेन्सी इन्टनेशल नेपालका अनुसार नुवाकोटका अन्य स्थानिय तहहरु समेत प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्न इच्छुक रहेम हस्ताक्षर गर्न सकिने ट्रान्सपरेन्सी इन्टनेशल नेपाल नुवाकोटका जिल्ला प्रतिनिधि दिपेश घिमिरेले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
 - २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
 - ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
 - ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
 - ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
 












बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
नागढुङ्गाबाट लागुऔषधसहित एक जना पक्राउ
१० केजी गाँजासहित एक जना पक्राउ
नुवाकोटमा बैंकर्स क्लब गठन
मन्त्री कुलमान घिसिङ बञ्चरेडाँडा पुगे





प्रतिक्रिया