तारकेश्वर गाउँपालिकाले अतिक्रमित संरचना हटाउने
नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका गाउँपालिकाभित्र रहेको अतिक्रमित घर टहरा हटाउने भएको छ ।
गाउँपािलकाको वडा नम्बर २ मा रहेको महादेव मन्दिरको जग्गा अतिक्रमण गरी बनाइएका घर–टहरा हटाइने गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले जानकारी दिए ।
अतिक्रमण गरि बनाइएका घर टहरा हटाउन गाउँपालिकाले दोस्रोपटक सुचना प्रकाशन गर्दे सात दिनको समये थप गरेको छ । अध्यक्ष अधिकारीले मन्दिर परिसरभित्र सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएका घर–टहरा भत्काउन निर्देशन दिएसँगै पालिकाले अतिक्रमित संरचना हटाउने अभियान शुरु गरेको हो ।
अध्यक्ष अधिकारीले गाउँको सांस्कृतिक धरोहरको रूपमा रहेको मन्दिरको जग्गा अतिक्रमण गरी बस्ने कार्य अनुचित रहेको भन्दै आफैले खाली गर्न समेत अनुरोध गरेका छन् ।
अटेरी गर्नेहरुको हकमा प्रचलित ऐन कानुन बमोजिम तत्कालै कारवाही प्रक्रिया अघि बढाउने उनले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














चिलिमे जलविद्युत आयोजनाको सुरुङमा तीन जनाको शव फेला
विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने





प्रतिक्रिया