भारतको छत्तीसगढमा सडक दुर्घटनामा १८ जनाको मृत्यु
विदुर खबर
२०८१ जेठ ७ गते २०:०१
नुवाकोट । भारतको छत्तीसगढको कबीरधाम जिल्लामा भएको सडक दुर्घटनामा कम्तीमा १८ मजदुरको मृत्यु भएको छ ।
दुर्घटनामा चार मजदुर घाइते भएका छन् जसको अवस्था चिन्ताजनक रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । कबीरधाम जिल्लाका दुई दर्जनभन्दा बढी मजदुरहरू तेन्दुपात टिपेर पिकअप गाडीमा गाउँ सेमराहा फर्किरहेका थिए ।
पिकअप अनियन्त्रित भई खाल्डोमा खसेर दुर्घटनाग्रस्त भएको बताइएको छ ।
उक्त दुर्घटनामा १५ मजदुरको घटनास्थलमै मृत्यु भएको थियो भने तीन जनाको अस्पतालमा मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका चार जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको ककनीमा पेस्तोल फेला प¥र्यो
अल्जाइमर्स रोग लागेर विस्मृतिमा गइसकेका पूर्वमन्त्री रामशरण महतमाथि किन चलाइयो मुद्दा ?
रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा





प्रतिक्रिया