भारतको छत्तीसगढमा सडक दुर्घटनामा १८ जनाको मृत्यु
विदुर खबर
२०८१ जेठ ७ गते २०:०१
नुवाकोट । भारतको छत्तीसगढको कबीरधाम जिल्लामा भएको सडक दुर्घटनामा कम्तीमा १८ मजदुरको मृत्यु भएको छ ।
दुर्घटनामा चार मजदुर घाइते भएका छन् जसको अवस्था चिन्ताजनक रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । कबीरधाम जिल्लाका दुई दर्जनभन्दा बढी मजदुरहरू तेन्दुपात टिपेर पिकअप गाडीमा गाउँ सेमराहा फर्किरहेका थिए ।
पिकअप अनियन्त्रित भई खाल्डोमा खसेर दुर्घटनाग्रस्त भएको बताइएको छ ।
उक्त दुर्घटनामा १५ मजदुरको घटनास्थलमै मृत्यु भएको थियो भने तीन जनाको अस्पतालमा मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका चार जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया