नेप्से परिसूचक बढ्याे, कारोबार रकममा ८ करोडकाे गिरावट

नुवाकोट असोज १६, मंगलबार नेप्से परिसूचक बढे पनि कारोबार रकममा गिरावट आएको छ। यसदिन परिसूचक २ दशमलब ६९ अंकले बढेर १२ सय ४१ दशमलब ३६ को बिन्दुमा आइपुगेको छ।
परिसूचक बढे पनि कारोबार रकममा भने गिरावट आएको छ। सोमबारको तुलनमा मंगलबार कारोबार रकममा करिब ८ करोड रुपैयाँले गिरावट आएको छ। मंगलबार १ सय ७१ कम्पनीको ४५ करोड १९ लाख ९३ हजार ४ सय ८५ रुपैयाँ बारबरको सेयर खरिद बिक्री भएको छ। जबकी सोमबारको बजारमा ५३ करोड ९६ लाख ३ हजार ९ सय ३५ रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो।
पछिल्लो केही दिनदेखि आफ्नो वर्चस्व कायम रहेको बैंकिङ समूहले मंगलबार पनि निरन्तरता दिएको छ। सर्वाधिक कारोबार हुने १० कम्पनीमा अधिकांश यही समूह अन्तर्गतका लगानीकर्ता रहेका छन्। सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकको कारोबार भएको छ। बैंकको ३ करोड ६५ लाख १३ हजार १ सय ८६ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएका छन्। मंगलबार सर्वाधिक कमाउनेमा नाडेप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता रहेका छन्। संस्थाको सेयर मूल्य प्रतिकित्ता ९२ रुपैयाँले बढेर १ हजार १९ रुपैयाँमा कारोबार रोकिएको छ। त्यस्तै एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ७८ रुपैयाँले बढेको छ।यता सर्वाधिक गुमाउनेमा भागर्व विकास बैंकका लगानीकर्ता रहेका छन्। बैंकको सेयर मूल्य प्रतिकित्ता १६ रुपैयाँले घटेको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










धादिङका शुशिल ४३ हजार अमेरिकन डलरसहित पक्राउ
युनाइटेड युथ क्लबको अध्यक्षमा पुन : गिरी
सरकारको कामले जनतामा आशा जागिसक्यो : सञ्चारमन्त्री
बागमतीको बजेट अधिवेशन सोमबारबाट
खेल मैदानमा चिस्यान केन्द्र बन्न दिन्नौ : स्थानिय





प्रतिक्रिया