डीभीको नतिजा आज आउँदै, यसरी हेर्न सकिन्छ नतिजा

विदुर खबर २०८१ वैशाख २२ गते ८:४२

नुवाकोट । अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा आज आउदै छ ।

Advertisement

नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डिभीको नतिजा आज आउने जानकारी दिएको हो ।

दुताबासले वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई नतिजा हेर्न सक्ने जनाएको छ ।

Advertisement

यो नै डिभीको नतिजा थाहा पाउने एक मात्र तरिका भएको दुताबासले जानकारी दिएको छ ।

प्रतिक्रिया