मेरो माइक्रोफाइनान्सको नाफा उल्लेख्य बढ्यो

विदुर खबर २०८१ वैशाख २० गते ११:०५

नुवाकोट । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

Advertisement

विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ। चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा लघुवित्तले १२ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८४६.३० प्रतिशत बढी हो।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको यस्तो नाफा १ करोड ३० लाख रुपैयाँ रहेको थियो। खुद ब्याज आम्दानी सामान्य बढेपनि इम्पेरमेन्ट चार्ज उल्लेख्य घटेका कारण खुद नाफा घट्न पुगेको हो।

Advertisement

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १५.५५ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी १६.३४ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १५.६७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ११८६.९२ प्रतिशत बढेको छ। लघुवित्तको इम्पेरमेन्ट चार्ज १३ करोड ४९ लाखबाट घटेर ३ करोड ८८ लाख रुपैयाँमा झरेसँगै सञ्चालन मुनाफा र खुद नाफा उल्लेख्य बढ्न पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा भने १.४९ प्रतिशतविन्दु घटेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ११ रुपैयाँ १९ पैसा बढेर १२ रुपैयाँ ५१ पैसा पुगेको छ। सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ ७२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४९.३२ गुणा रहेको छ। लघुवित्तको वितरणयोग्य मुनाफा ९ करोड ३७ लाख र वितरणयोग्य प्रतिशेयर आम्दानी ९ रुपैयाँ ४७ पैसा रहेको छ।

Advertisement

१ अर्ब ३२ करोड चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ७० करोड ९१ लाख रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा लघुवित्तले ११ अर्ब ६९ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट १३ अर्ब ९९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

प्रतिक्रिया