२० हजारलाई पछार्दै त्रिवि अगाडि

विदुर खबर २०७५ असोज १६ गते २:२८

Advertisement

नुवाकोट असोज १६, त्रिभुवन विश्वविद्यालय विश्वका करिब २० हजार विश्वविद्यालयलाई पछि पारेर एक हजार भन्दा कम स्थानमा प्रवेश गरेको छ । सन् २०१८ को सर्वेक्षणपछि सार्वजनिक उक्त सर्वेक्षणमा त्रिवि ८ सय भन्दा माथि र १ हजार मुनि स्थानमा परेको जानकारी प्राप्त भएको हो ।

त्रिविवि यसअघि सन् २०१५ मा ४ हजार २ सय स्थानमा थियो । सन् २०१७ मा ३ हजार ८ सय ४१ स्थानमा रहेको थियो । विभिन्न निकायले गरेको अनुसन्धानमा त्रिविको स्थान फरक फरक देखिएको थियो । टाइम्स हाइयर एजुकेशनले त्रिविलाई पहिलो पटक सर्वेक्षण गरेको हो । विश्व प्रशिद्ध द टाइम्स हाइयर एजुकेशन गरेको सर्वेक्षणले त्रिविलाई उत्कृष्ठ विश्वविद्यालयको रुपमा वर्णन गरेको छ । संस्थाले रिक्वायरमेन्ट माग गरेको थियो । सो रिक्वायरमेन्ट पुरा गरेपछि शैक्षिक स्तरमा सुधार भएको त्रिविका योजना महाशाखा प्रमुख डा.ऋद्धिस पोखरेलले जानकारी दिनुभयो ।

Advertisement

संस्थाले गरेको मापदण्ड पुरा गरेपछि सार्वजनिक गरेको विवरणअनुसार त्रिविले उल्लेखनीय सफलता हासिल गरेको उहाँको भनाइ छ । आफुखुसी कुनै संस्थाले गरेको सर्वेक्षण भन्दा पनि विश्वको उत्कृष्ठ संस्थाले गरेको सर्वेक्षण महत्वपुर्ण रहेको दाबी त्रिविले गरेको छ । त्रिविका उपकुलपति प्राडा तीर्थराज खनियाले पछिल्लो समयमा त्रिविले सबै किसिमको सुधार गरेपछि त्रिविको स्तर उल्लेख्य रुपमा वृद्धी भएको जानकारी दिनुभयो । उहाले भन्नुभयो–विश्वका करिब २० हजार विश्वविद्यालयलाई पछि पार्दै एक हजार मुनी श्रेणीमा पुग्न सफल भएको हुनु नेपालको लागि गर्वको विषय हो । द टाइम्स अफ एजुकेशनले ४ दिन अघि नतिजा सार्वजनिक गरेको थियो ।

सेप्टेम्बर २५ देखि २७ सम्म सिंगापुरमा सम्पन्न उच्चस्तरीय विश्वविद्यालयको सम्मेलनमा देशभरका विश्वविद्यालयको नतिजा सार्वजनिक गरिएको थियो । उपकुलपति प्राडा खनियाले भन्नुभयो–उत्कृष्ठ स्थानमा उक्लिन सफल भएकोमा हामी खुसी भएका छौँ, अब त्रिविको शैक्षिक र प्रशासनिक क्षेत्रमा थप सुधार गर्नेछौ । नतिजाअनुसार अमेरिकाको अस्फोर्ड युनिभर्सिटी पहिलो विश्वविद्यालय हो । दोस्रोमा क्याम्ब्रिज विश्वविद्यालय, तेस्रोमा स्ट्याण्डफोर्ड, चौँथोमा म्याच्युसेट्स इन्टिच्युट अफ टेक्नोलोजी, पाचौँमा क्यालिफोर्निया इन्टिच्युट अफ टेक्नोलोजी, विश्वविद्यालय छन् । यस्तै छैठौ स्थानमा हार्डभार्ड विश्वविद्यालय, सातौमा पिन्सटन्, आठौमा एले विश्वविद्यालय, नवौ स्थानमा इम्पेरियल कलेज लण्डन र दशौ स्थानमा युनिभर्सिटी अफ सिकागो रहेका छन् ।

Advertisement

उत्कृष्टमध्ये अधिकांस अमेरिका र वेलायतका रहेका छन् । २०१६ सालमा स्थापना भएको त्रिभुवन विश्वविद्यालय झण्डै तीन दशक पछि आठ सय देखि हजार स्थान भित्र पुगेको हो । संस्थाले दिएको मापदण्ड पुरा गरेकोले त्रिवि श्रेणीमा माथि उक्लिएको हो–उपकुलपति प्राडा खनियाले भन्नुभयो । त्रिविको इतिहास हेर्दा विद्यार्थी भर्नाको हिसाबले विश्वको ११ स्थानमा पर्छ । त्रिविअन्तर्गत हाल झण्डै साढे ३ लाख विद्यार्थी अध्ययनरत छन् । १ हजार ८४ सम्बन्धन र ६० आंगिक क्याम्पस छन् । २ हजार पोष्ट ग्रयाजुएट कार्यक्रम संचालित छन् । त्रिविमा ७ हजार ८ सय ४१ शिक्षक, ७ हजार ४ सय १३ कर्मचारी कार्यरत छन् । यी सबै विषय अध्ययन गरेपछि विश्वप्रसिद्ध संस्थाले त्रिविलाई ८ सय देखि एक हजार श्रेणीमा परेको घोषणा गरेको उपकुलपति प्राडा खनियाले जानकारी दिनुभयो ।

प्रतिक्रिया