अनिश्चित बन्दै नेविसंघ महाधिवेशन

विदुर खबर २०७५ असोज १६ गते २:२५

Advertisement

नुवाकोट असोज १६, नेपाल विद्यार्थी संघको १२औं अधिवेशन अनिश्चित बन्दै गएको छ ।

पार्टीको नेविसंघ हेर्ने निर्देशन समितिले विधान र नियमावली पारित नगरिदिंदा महाधिवेशन अनिश्चित बन्दै गएको हो । आउदो कार्तिक १६, १७ र १८ महाधिवेशन गर्ने भन्दै नेविसंघ केन्द्रीय समितिले समयतालिका पार्टी समक्ष पेश गरेको थियो ।विधान र नियमावलिमा विद्यार्थी राजनीतिमा उमेर हद नलाग्ने निर्णय गरेको छ । पार्टी संस्थापन पक्ष ३२ वर्ष उमेर हदको कारण देखाएर महाधिवेशन टार्ने पक्षमा देखिएको छ ।

Advertisement

महाधिवेशन तोकिएकै मितिमा गर्ने गर्ने भन्दै अध्यक्ष नैनसिंह महरले मनोनित गरेका २२ सदस्यलाई विनाशर्त अनुमोदन गरी प्रतिनिधि पठाउन र अधिवेशन प्रारम्भ गर्न केन्द्रीय समितिले निर्देशन दिएको थियो । तर अध्यक्ष महरले विजय गच्छदार समुहलाई मिलाउने गरी विधान र सहमति विपरित १५ जना सदस्य मनोनित गरेपछि अध्यक्ष महरले महाधिवेशनको वातावरण विगारेको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र तेस्रो धार मानिएका कृष्ण सिटौला पक्षले आरोप लगाएको छ ।

दुई वर्ष अघि ११औं महाधिवेशनमा नेविसंघमा ३२ वर्ष उमेर हद लाग्ने गरि अधिवेशन सम्पन्न गर्ने निर्देशन समितिले निर्णय गरेको थियो । स्ववियू निर्वाचनमा २८ वर्ष उमेर हद लागेपछि ठुला क्याम्पसहरुमा स्ववियू चुनाव अनिश्चित भएको छ भने नेविसंघमा ३२ वर्ष उमेर हद लगाएर महाधिवेश नगर्ने पक्षमा देउवा पक्ष लागेको छ ।

Advertisement

निर्देशन समितिका संयोजक डा. प्रकाशशरण महत हालको समिति विघटन गराउन लागिपरेका छन् भने अध्यक्ष महर संख्या थप्दै आफ्नो कार्यकाल लम्बाउने पक्षमा लागेका छन । आफ्नो पक्षको हार्ने देखे पछि स्ववियू चु्नावसम्म यही समितिलाई लम्बाउने दाउमा छन् र तदर्थ समिति गठन गर्ने पक्षमा देउवा पक्ष देखिन्छ भने देउवा इतर पक्ष विधिवत महाधिवेशनको पक्षमा देखिन्छन् । दुई वर्ष कार्यकाल रहेको नेविसंघ केन्द्रीय समितको म्याद गत भदौमा सकिएको थियो । पार्टीले अधिवेशन सम्पन्न गर्नका निम्ति थप तीन महिना थपेको थियो र थपेको तीन महिना पनि विना उपलब्धि सकिएको छ । यो कार्यसमितिको मंसिर दुई गते म्याद सकिदैछ ।

आगामी महाधिवेशना संस्थापन पक्षबाट सरोज थापा, निलकण्ठ रिजाल, राजीव ढुंगाना, शुभराम बस्नेत लगायतले अध्यक्षको दावी गरेका छन् भने पौडेल पक्षबाट दिपक भट्टराई, मोतिलाल भण्डारी, हिमालदत्त श्रेष्ठ छन् । पार्टीको गत महाधिवेशनबाट तेस्रो धारको रुपमा उदाएको सिटौला पक्षबाट कुन्दनराज काफ्ले, युवराज पाण्डे लगायतको अध्यक्षमा दावी रहेको छ । महामन्त्री पदको लागि दर्जनौको दावि छ ।

प्रतिक्रिया