चीनमा बाढी, ५० हजारलाई सुरक्षित स्थानमा सारियो
विदुर खबर
२०८१ वैशाख १० गते १८:३८
एजेन्सी । चीनमा मानिसहरूले ठूलो बाढीको सामना गरिरहेका छन् ।
यस बाढीका कारण गुआङडोङ प्रान्तमा प्रशासनले करिब ५० हजार मानिसलाई आफ्नो घरबाट सुरक्षित स्थानमा सारेको चिनियाँ मिडियाले उल्लेख गरेका छन् ।
चीनको यो धेरै जनसंख्या भएको प्रान्तमा विगत केही दिनदेखि भारी वर्षा भइरहेको छ । जसका कारण धेरै ठाउँमा बाढीको अवस्था सिर्जना भएको छ । हालसम्म ११ जना बेपत्ता भएका छन् भने अहिलेसम्म कसैको हताहतीको खबर आएको छैन ।
अनलाइन भिडियोहरूमा मानिसहरूलाई उनीहरूको घरबाट निकाल्ने प्रयास भइरहेको देख्न सकिन्छ।
धेरै नदीको पानीको सतह बढ्दै गएको र ती नदीहरु खतराको निशानभन्दा माथि बगिरहेका छन् । ग्वाङ्डोङ प्रान्तमा नदीको पानीको सतह रेकर्ड स्तर छुन नजिक रहेको प्रशासनले चेतावनी दिएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया