श्रीकृष्ण प्रणामी मन्दिर ईनारपाटीको ३८ औ वार्षिक उत्सव शुरु
विदुर खबर
२०८० चैत २५ गते ६:५८
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ६ मा रहेको श्रीकृष्ण प्रणामी मन्दिर ईनारपाटीको ३८ औ वार्षिक उत्सव शनिवारदेखि शुरु भएको छ ।
वार्षिक उत्सवको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ र वडा नम्बर ४ का वडाध्यक्ष निलमबाबु ढुङ्गेलले संयुत्त रुपमा उद्घाटन गरेका हुन् ।
कार्यक्रममा सम्बोधन गर्दे नगरप्रमुख राजन श्रेष्ठले विदुर नगरपालिका सबै धर्म र संकृतिको केन्द्र रहेको बताए । उनले नगरपालिकालाई धार्मिक पर्यटनको केन्द्र बनाउन सबैको साथ आवश्यक रहेको समेत बताए ।
कार्यक्रममा श्रीमद् तारतम् ब्रम्हबाणी तथा श्रीमद् भागवत कथा प्रवचन शास्त्री पुरुषोत्तम खतिवडा, विदुषी कोपिला कुञ्ज लगायतका साथै रााष्ट्रिय तथा स्थानिय कलाकारहरुले प्रस्तुती रहेको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया