नुवाकोटमा स्वर्गीय ध्रुव अमात्य स्मृति कप फुटवल प्रतियोगिता हुने

विदुर खबर २०८० चैत २३ गते ८:४५

नुवाकोट । नुवाकोटमा आगामी वैशाख १४ गतेदेखि स्वर्गीय धुव्र अमात्य स्मृति कप क्लब स्तरीय फुटवल प्रतियोगिता हुने भएको छ ।

Advertisement

बट्टार युथ क्लबका पुर्व खेलाडी स्वर्गीय धुव्र अमात्यको स्मृतिमा क्लबस्तरीय फुटवल प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको विजेताले एकलाख रुपैयाँ नगद, टफ्री, मेडल र प्रमाणपत्र पाउने आयोजक बट्टार युथ क्लबका अध्यक्ष सुरज श्रेष्ठले जानकारी दिए ।

यस्तै प्रतियोगितामा दोस्रो हुनेले पचास हजार रुपैयाँ नगद, टफ्री, मेडल र प्रमाणपत्र पाउने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
प्रतियोगितामा म्यान अफ दी म्याच, उत्कृष्ट गोलकिपर, उत्कृष्ट प्रशिक्षक, उकृष्ट डिफेन्डर र सर्वाधिक गोलकर्ता समेतले ट्रफी हात पार्ने आयोकजकले जानकारी दिएको छ ।

Advertisement

लिगकम नकआउटका आधारमा खेलाइने प्रतियोगितामा १६ टिमको सहभागिता गराउने आयोजकले तयारी गरेको छ । प्रतियोगितामा सहभागि हुने क्लबहरुको लागि छिट्टै दर्ता खुलाइने प्रतियोगिता आयोजक क्लब बट्टार युथ क्लबका अध्यक्ष श्रेष्ठले विदुर खबरलाई जानकारी दिए ।

प्रतियोगिता नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदानमा संचालन गरिने छ । प्रतियोगिताको लागि प्रयोजक र सह प्रायोजकको खोजी गरिने बताइएको छ ।

Advertisement

प्रतियोगितामा झन्डै साढे सात लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।

प्रतिक्रिया