नुवाकोटमा दुई हजार रोपनी वन क्षेत्र डढेलोले सखाप

विदुर खबर २०८० चैत १६ गते ९:१३

नुवाकोट । नुवाकोटमा यस वर्ष डढेलाबाट दुई हजार रोपनी वन क्षेत्र सखाप पारेको छ ।

Advertisement

गत फागुन पहिलो सातादेखि शुरु भएको डढेलोले दुई हजार रोपनीभन्दा बढी वन क्षेत्रमा क्षति प¥याएको जिल्ला वन कार्यालय नुवाकोटले जनाएको छ । डढेलोले कारण जिल्लाको दुई हजार रोपनीभन्दा बढी क्षेत्रमा रहेको वन पैदावारलाई पुराउनुका साथै वन्यजन्त प्रत्यक्ष पभावित भएका छन् । डढेलोका कारण जिल्लाको १२ वटै पालिकामा रहेका वन क्षेत्र पभावित भएको डिभिजन वन कार्यालयका पम्रख रोशना पोखरेलले जानकारी दिइन् ।

उनका अनसार जिल्लाका विभिन्न स्थानका २८ सामुदायिक र राष्ट्रिय वनमा लागेको डढेलोबाट करिब दई हजार रोपनी वन क्षेत्रमा क्षति पुगेको पारम्भिक अध्ययनले देखाएको छ ।

Advertisement

डढेलोका घटना धेरै बढ्न थालेकाले न्यूनीकरण र रोकथामका लागि सचेतना जगाउन केन्दित भएका छौँ,’ डिभिजनल वन अधिकृत पोखरेलले भने, अघिल्ला वर्षको तलनामा यस वर्ष डढेलो लाग्ने वनको सब्ख्या र क्षेत्रफल बढेको छ, पर्याप्त हिउँदे वर्षा नहनु र मानवीय लापरबाहीबाट डढेलो फैलिएको छ ।’ डिभिजन वन कार्यालयले सक्खायामको समयमा हुन सक्ने डढेलो नियन्त्रण गर्न १० जना हरित स्वयम्सेवक नियुक्त गरेर सचेतना र नियन्त्रणका लागि परिचालन गरेको छ ।

डढेलो नियन्त्रणका लागि सम्बन्धित वनका उपभोक्तालाई जागरुक र लापरबाही गर्नेलाई दण्ड, जरिवानाको कानुनी व्यवस्थासम्बन्धी सचेतनाका कार्यक्रम बढाएको कार्यालयका सूचना अधिकारी राजकुमार यादवले बताए ।

Advertisement

उनका अनसार अधिकांश डढेलो मानवीय लापरबाही र त्रुटिबाट भएको पाइएको छ । केही स्थानमा नयतवश लगाएको पाइएकाले संलग्नको खोजी भइरहेको छ । नियतवश डढेलो लगाएको पष्टि भएमा तीन वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना हने कानुनी व्यवस्था छ ।

नवाकोटका करिब चार सय सामुदायिक, राष्ट्रिय र निजी वन रहेका छन् । ती वनबाट ४० हजारभन्दा बढी घरधुरी प्रत्यक्ष लाभान्वित हँदै आइरहेका छन् ।

प्रतिक्रिया