विश्वकप छनोट : बहराइनसँग नेपाल ३-० ले पराजित
नुवाकोट । फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ को दोस्रो चरणको छनोटमा नेपाल बहराइनसँग लगातार दोस्रो खेलमा पराजित भएको छ ।
रिफास्थित बहराइन नेशनल स्टेडियमा मंगलबार भएको समूह एचको खेलमा नेपाल घरेलु टोली बहराइनसँग ३-० ले पराजित भएको छ ।छनोटको समूह एचमा रहेको नेपालको यो लगातार चौथो हार हो भने एक सता भित्र बहराइनसँग दोस्रो हार हो । यसअघि बिहीबार रिफामै खेलिएको खेलमा नेपाल बहराइनसँग ५-० ले पराजित भएको छ । दोस्रो खेलमा नेपालले सुधारिएको प्रदर्शन गरेको थियो ।
समूहमा चार खेलमा पराजित भएको नेपाल अंक विहिन छ । यस हारपछि समूहमा शीर्ष दुईमा रहेर विश्वकप छनोटको तेस्रो चरण र एएफसी एसियन कप २०२७ मा सिधै छनोट हुने नेपालको सम्भावना सकिएको छ ।
तर एसियन कपमा छनोट हुने नेपालको बाटो भने अझै सकिएको छ । समूहमा तेस्रो र चौथो हुने टिमले एसियन कप छनोटको तेस्रो चरणमा खेल्न पाउनेछन् ।
आजै भएको खेलमा खेलमा युएईले यमनलाई पराजित गर्दै शतप्रतिशत जित निकालेको छ । चार खेलबाट युएई १२ अंकसहित समूह एचको शीर्ष स्थानमा छ । युएईले समूहको अन्तिम दुई खेलअईघि नै शीर्ष दुईमा स्थान पक्का गर्दै विश्वकप छनोटको तेस्रो चरण र एसियन कपमा स्थान सुरक्षित गरेको छ ।
३ जित र १ हरासहित ९ अंक जोडेको बहराइन दोस्रो स्थानमा छ । ४ खेलबाट ३ अंकसहित यमन तेस्रो स्थानमा छ ।
पहिलो हाफमै तीन गोल
यसअघि पहिलो खेलमा नेपाल बहराइनसँग फराकिलो अन्तरले पराजित भएको थियो ।
दोस्रो खेलमा नेपालले बहराइन विरुद्ध प्रतिस्पर्धात्मक खेल खेल्ने लक्ष्य बनाएको थियो । तर यस खेलमा पहिलो अघिल्लो खेलमा जस्तै नेपालले ३ गोल बेहोर्यो ।
मुख्य प्रशिक्षक भिनसेन्चो अल्बर्टो एनेसले अघिल्लो खेलबाट पहिलो रोजाईँमा चार परिवर्तन गरेका थिए ।
अघिल्लो खेल खेलेका अन्जन विष्ट, मनिष डाँगी, सुमित श्रेष्ठ र हिसुब थपलियाको स्थानमा आज भरत खवास, जिलेस्पी जंग कार्की, सन्जिव विष्ट र सौभाग्य राई खेलेका थिए ।
अन्जन विष्ट अघिल्लो खेलमा घाइते भएका थिए भने मनिष डाँगी कार्डका कारण निलम्बनमा थिए । सुमित श्रेष्ठ र हिसुव थपलिया आज बेन्चमा थिए ।
खेलको सातौं मिनेटमा सायद महदी बाकेरले गोल गर्दै बहराइनलाई अग्रता दिलाएका थिए । कर्नरबाट आएको बल नेपालका गोलकिपर किरण कुमार लिम्बुले पन्च गरेपनि पूर्ण रुपमा क्लियर नभएपछि बहराइनमा हमद अलसामसनले हेड गरेका थिए । त्यसमा नेपाली खेलाडीले बल क्लियर गर्न सकेनन् र नेपाली खेलाडीको तालमेल नमिल्दा बाकेरले गोल गरे ।
कप्तान अब्दुल्लाह युसुफ हेलाले १८औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर पारे । नेपालका कप्तान किरणले बल रोक्ने क्रममा बहराइनका मोहमद मारहुनलाई फल गरेपछि रेफ्रीले बहराइनलाई पेनाल्टी दिएका थिए । त्यसमा कप्तान हेलाले सहजै गोल गरे ।
त्यसपछि ३६औं मिनेटमा कमिल अल-अस्वादले गोल गर्दै बहराइनलाई ३-० को अग्रता दिलाए । काउन्टरमा प्राप्त बलमा कमिलले नेपाली डिफेण्डरहरुलाई बिट गर्दै गोलकिपर किरणसँगको वान भर्सेस वानको अवस्थामा गोल गरे ।
यसअघि बिहीबार भएको खेलमा नेपाल बहराइनसँग ५-० ले पराजित भएको थियो र पहिलो हाफमा ३ गोल नै बेहोरेको थियो ।
पहिलो हाफमा तीन गोलले पछि परेको नेपालले दोस्रो हाफमा गोल फर्काउने प्रयास गरेपनि सफल भएन । ७३औं मिनेटमा नेपालले गोल गरेपनि अफसाइड भएको थियो ।
सनिश श्रेष्ठको क्रसमा सन्जिव विष्टले बक्बाट वान टच गोल गरेका थिए र तर सहयाक रेफ्रीले अफसाइडको झण्डा उठाए ।
बहराइनले दोस्रो हाफमा पनि नेपालमाथि दबाब बनाएको थियो तर गोल थप्न भने सकेन । हुसेन अब्दुलकरिमले ८९औं मिने६मा राम्रो अवसर पाएङ्का थिए तर उनको प्रहार क्रस बारको थोरैमाथिबाट बाहिरियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














रसुवाको टिमुरेबाट बहुविवाह मुद्दाका फरार थुनुवा पक्राउ
नाबालिकाको चरित्र हत्या गर्ने नुवाकोटका युवक पक्राउ
देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल
बागमतीमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्रीले लिए शपथ





प्रतिक्रिया