पृथ्वीनारायण शाहप्रति नुवाकोटका स्थानीय तहले बेवास्ता गरे

विदुर खबर २०८० चैत १२ गते २०:५१

नुवाकोट । मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख डा. राजेश अहिराजले ऎतिहासिक धरोहर पृथ्वीनारायण शाह प्रती नुवाकोटका स्थानीय तहले बेवास्ता गरेको गुनासो गरेका छन् ।

Advertisement

सामाजिक संजालमा फोटो पोस्ट गर्दै, “पृथ्वीनारायणको शालिक र समाधीस्थल देबिघाटमा जादा आफुलाइ पीडा बोध भएको र जसले नेपाल र नेपाली भन्ने पहिचान दिए उनैलाइ उपेक्षा गरेको उल्लेख गरेका छन् । ” सो स्थानमा बिजुली, पानी, रंगाउनु, सरसफाइ गर्नु, बगैचा बनाउने लगायतको कार्य तिर ध्यान दिनु पर्ने औल्याएका छन् ।

स- साना आकारमा छरिएका रहेका बाईसेचौबीसे राज्यलाई गोरखा राज्यअन्तर्गत ल्याउने अभियान चलाएका पृथ्वीनारायणलाई कतिपयले राष्ट्रिय एकताकर्ता मान्छन् भने कपितयले राज्य विस्तारक । उनलाई राष्ट्र निर्माता मान्ने नमान्नेबारे मत विभाजित भए पनि पृथ्वीनारायणको योगदान नुवाकोटमा अत्यधिक रहेको बताउछन् ।

Advertisement

उनको मृत्यु वि.सं. १८३१ माघ १ गते ५२ वर्षको उमेरमा नुवाकोटको देवीघाटमा भएको थियो । जहाँ स्थानीय तहले केही समय अघि समाधी स्थल बनाएको छ ।

पछिल्लो समय जिल्लामा विभिन्न ब्यक्तिहरुको शालिक बनाउने प्रतिस्पर्धा देखिए पनि त्यसको संरक्षणमा भने सरोकारवालहरु उदासिन देखिएका छन् । जिल्ला रहेका सांस्कृतिक सम्पदा, संस्कार तथा पुर्वाधार जोगाउने कर्तव्य राज्यको मात्र नभएर सम्पूर्ण नेपालीको कर्तव्य हो ।

Advertisement

प्रतिक्रिया