नुवाकोटको आशा लघुवित्तले लाभांश नदिने

विदुर खबर २०८० चैत ४ गते १२:४६

नुवाकोट । आशा लघुवित्तले आव २०७९/८० को मुनाफाबाट लाभांश नदिने भएको छ।

Advertisement

कम्पनीको चैत्र २ गते सम्पन्न संचालक समितिको बैठकले आव २०७९/८० मा लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको हो ।

बैठकले २०८० असार मसान्तसम्मको वासलात, २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।

Advertisement

राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।

प्रतिक्रिया