नेपाल मगर महिला संघ बाग्मति प्रदेशको अध्यक्षमा बच्चुमाया निर्वाचित
विदुर खबर
२०८० चैत २ गते २२:०९
नुवाकोट । नेपाल मगर महिला संघ बाग्मति प्रदेशको अध्यक्षमा नुवाकोटको बच्चुमाया सुनारी मगर निर्वाचित भएकी छिन् ।
शुक्रवार काभ्रेपलान्चोकमा भएको संघ दोस्रो अधिवेशनले बच्चुमायाको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति चयन गरेको हो । नेपाल मगर संघ जिल्ला समन्वय समिति नुवाकोटकी समेत अध्यक्ष रहेकी उनी लामो समयदेखि मगर समुदायको हक हितको लागि काम गर्दै आइरहेकी छिन् ।
यस्तै उपाध्यक्षमा धादिङकी उसा थापा मगर चयन भएकी छिन् भने सचिवमा मकवानपुरकी चमेली सिजाली मगर चयन भएकी छिन् । त्यस्तै कोषाध्यक्षमा ललितपुरकी मञ्जु रानामगर चयन भएकी छिन् ।
अध्यक्षमा निर्वाचित भएपछि बच्चुमायाले समग्र प्रदेमा रहेका मगर सुमदायहरुलाई संघमा आवद्ध गराएर हक हितको लागि आवाज बुलन्द पार्ने बताइन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया